बाढीले क्षति पु¥याएको पुलको मर्मत
बाढीले क्षति पु¥याएको पुलको मर्मत
बाढीले क्षति पु¥याएको त्रिुशुली नदि माथिको पुल मर्मत शुरु भएको छ ।
गण्डकी गाउँपालिका–६ भुम्लीचोक र धादिङको वेनिघाट रोराङ गाउँपालिका–१० जोड्ने तथा गण्डकी गाउँपालिका–७ घ्याल्चोक र धादिङको वेनिघाट रोराङ गाउँपालिका–७ जोड्ने धवादी घाटको झोलुङ्गे पुलमा अघिल्लो साताको वाढीले क्षति पु¥याएको थियो । हिक्लुङको झोलुङ्गे पुलको मर्मत भएको छ । स्थानीय पुर्वाधार विभाग सँगको समन्वयमा पुलको मर्मत गरिएिको हो । धवादी घाटको झोलुङ्गे पुलको पनि लठ्ठा चुडिएको थियो भने हिक्लुङको झोलुङ्गे पुल भने हिड्न नमिल्ने गरि क्षति पुगेको थियो । पुर्वाधारविभागको मर्मत सामाग्री तथा प्राविधिक सहयोगमा पुलको मर्मत गरिएको हो । बाढीले पुलमा क्षति पु¥याएपछि आवातजावातमा समस्या थपिदै आएको थियो । यहाँका स्थानीय उत्पादित कृषि उपज उत्त पुल भएर पृथ्वीराजमार्ग सम्म ल्याउने गर्थे ।