अपाङ्गता भएकालाई सहायता सामाग्री सहयोग
अपाङ्गता भएकालाई सहायता सामाग्री सहयोग
अपाङ्गता भएका दुइ जनालाई सहायता सामाग्री सहयोग गरिएको छ ।
असल छिमेकी नेपाल पोखराको सहयोगमा शुक्रबार गोरखा नगरपालिकाका भित्रका दुइ जनालाई सहायता सामाग्री सहयोग गरिएको हो । गोरखा नगरपालिका–४ फिनामका नरवहादुर वानियाँलाई अपाङ्गमैत्री शौचालय निर्माणका लागि ३० हजार वरावरको सामाग्री सहयोग गरिएको छ । शौचालयको लागि चाहिने सिमेन्ट, बालुवा, रड लगायतका सामाग्री उपलब्ध गराइएको हो । उनलाई सरसफाई सामाग्री समेत प्रदान गरिएको थियो । त्यस्तै गोरखा नगरपालिका–७ मसारकी तिलकुमारी रोकालाई लक्ताकपडा र सरसफाई सामाग्री उपलब्ध गराइएको छ । सिरक, डस्ना, तन्ना, सावुन लगायतका सामाग्री वितरण गरिएको हो । रोका हिडडुल गर्न सक्दिनन् । गोरखा नगरपालिकाकी उपप्रमुख मसली माया थोकरको उपस्थितिमा सहायता सामाग्री वितरण गरिएको हो । कार्यक्रममा नेत्रहिन संघका कार्यक्रम संयोजक पवन कुमार वस्नेत, असल छिमेकी नेपालकी विनिता श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।