यातायात गुरुयोजना निर्माण गरी सडक वर्गिकरणलाई प्राथमिकता
यातायात गुरुयोजना निर्माण गरी सडक वर्गिकरणलाई प्राथमिकता
गोरखा ः गण्डकी गाउँपालिकाले गाउँपालिका स्तरीय सडक यातायात गुरु योजना निर्माण गरी गाउँपालिका भित्र निर्माण भएका सडक योजनाहरुलाइ बर्गिकरण गर्ने निति लिएको छ । गाउपालिका भित्रका सडक सन्जाललाई उचित प्रबर्दन गरी बर्षभरी नै सहज बनाउने चालु आर्थिक बर्षको निति तथा कार्यक्रममा उल्लेख छ । सडकको नयाँ ट्रयाक खोल्ने भन्दा पनि भएका सडकहरु बाह्रै महिना चल्न सक्ने अवस्थामा राख्ने कार्यलाई प्राथमिकतामा राख्ने पालिकाले जनाएको छ ।
मुख्य सडक फिस्लिङ–आग्रीडाँडा–दलभञ्ज्याङ–रानिश्वारा सडकम स्तरोउन्नतीलाई प्राथमिकतामा राखेको छ । चालु आर्थिक वर्षको निति तथा कार्यक्रममा उत्त सडकलाई स्थानीय सरकार एव संघ सरकारको साझेदारीमा रोडको लेभल मिलाउने, नाला बनाउने तथा घुम्तीहरुमा ढलान कार्यलाई विशेष प्राथमिकता दिने उल्लेख छ ।
प्रदेश सरकारको समपुरक अनुदान र गाँउलिकाको साझेदारीमा निर्माण भएको मकैसिङ्ग–ऐनापहाड दलभञ्ज्याङ्ग सडकको क्रमश स्तरोन्नती गर्ने कार्यलाई पनि प्राथमिकतामा राखिएको छ । तरकारी बेचबिखनका लागि उत्पादन हुने सिउरेनिटार तथा घ्याल्चोक क्षेत्रको सडकलाई विशेष प्राथमिकतामा राखिएको छ ।
संघीय सरकार, प्रदेश सरकार र जिल्ला समन्वय समितिको लागत साझेदारीमा गण्डकी गाँउपालिका प्रशासकिय भवन निर्माण कार्य अघि बढाईने, एक वडा एक गौरवको योजनालाइ उच्च प्राथमिकता दिइ कार्यन्वयन गरिएकोमा यस वर्ष पनि निरन्तरता दिने, पालिका केन्द्र जोडने मुख्य सडकहरुको निर्माण कार्यलाई क्रमागत योजनाको रुपमा राख्ने निति तथा कार्यक्रममा समेटेको छ ।
खानेपानी तथा सिचाइका लागि सतही डिप वोरिङ्ग तथा लिफ्टिङ योजनाहरु कार्यान्वयनमा ल्याइने, गाँउपालिकाको भवन निर्माण गर्दा भवन आचार संहिताको पुर्ण रुपमा पालना गर्ने, बुढीगण्डकी गौरवको आयोजना निर्माण कार्य अगाडि बढाउन प्रभावित क्षेत्रको डुबानवासीको बाँकी समस्या हल गर्नका लागि निरन्तर पहल गर्ने पनि जनाएको छ ।
गण्डकी गाउँपालिका–७ धवादिघाटबाट चरौदी घुम्ती जोड्ने मोटरेबल पुल, गण्डकी–७ ज्यामिरेघाट बाट बेनिघाट रोराङ जोड्ने ज्यामिरेघाट मोटरेबल पलु, गण्डकी– ६ कौदी बाट बेनिघाट रोराङ जोगिमारा जोड्ने मोटरेबल पुल तथा गण्डकी–१ बाट ईच्छाकामना जोड्ने बुट्टार मोटरेबल पुल, गण्डकी–६ फिस्लिङ देखि कौदी जोड्ने मोटरेबल पुल निर्माण कार्यलाई साझेदारीमा निर्माण गर्न संघ तथा प्रदेशका सम्बन्धित निकायमा निरन्तर जोड गर्ने, गाउँपालिकाका प्रत्येक वडाबाट गाउँपालिका केन्द्रसम्म जोड्ने कुल ७२ कि.मी सडक सञ्जाललाई क्रमश स्तरोन्नती गर्दै लग्ने पनि निति तथा कार्यक्रममा समेटेको छ ।
दिगो तथा वडा द्धारा प्राथमिकतामा राखिएका गाउँपालिका केन्द्र जोड्ने सडक, गाउँपालिकाको प्रशासनिक भवन निर्माण, गाउँपालिका एबं वडा गौरबका सडक स्तरोन्नति, खेति योग्य जमिनमा कृषि उत्पादन बढाउनका लागि सिंचाई आयोजनाहरु, सर्बसलुभ, स्वच्छ पिउने पानी ब्यबस्थापनलाई प्राथमिकतामा राखेको छ ।