होटल संघमा नयाँ नेतृत्व
होटल संघमा नयाँ नेतृत्व
गोरखा ः गोरखा होटल संघको अध्यक्षमा निधि प्रसाद तिमिल्सिना निर्वाचित भएका छन् ।
शनिबार भएको १३ औँ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्ष तिमिल्सिना गुर्खा इन होटलका संचालक हुन् ।
प्रथम उपाध्यक्षमा केशव कुँवर, द्धितिय उपाध्यक्षमा दिपक योगी, महासचिवमा सुमन श्रेष्ठ, सचिवमा कृष्ण प्रसाद लामिछाने, कोषाध्यक्षमा शिव कुमार श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा विष्णु प्रसाद तिमल्सीना, राज कुमार अधिकारी, अर्जुन पाण्डे, महामाया खत्री, मनोज श्रेष्ठ, सिलोन श्रेष्ठ, योगेश तिमल्सिना, भिम कुमार सुर्खेति निर्वाचित भएका छन् ।
संघका निवर्तमान अध्यक्ष अन्जन वावु खत्रीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा होटल ब्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष भाइचन्द्र श्रेष्ठ, होटल ब्यवसायी धिरज वहादुर मास्के लगायतले मन्तब्य राखेका थिए ।