मनास्लु हिमाल आरोहणका लागि ६१ जनाले लिए अनुमति
मनास्लु हिमाल आरोहणका लागि ६१ जनाले लिए अनुमति
गोरखा ःयस वर्षको सरद ऋतुमा मनास्लु हिमाल आरोहणका लागि ६१ जनाले अनुमति लिएका छन् ।
६ समुहबाट ५४ पुरुष र ७ महिलाले मनास्लु आरोहणको अनुमति लिएको पर्यटन विभागले जनाएको छ । सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा मनास्लु रक्सा उराइ हिमाल आरोहण गर्न पर्यटन विभागबाट विभिन्न मुलुकका ६५ आरोहीहरूले अनुमति पाएका हुन । दुइ वटा हिमाल आरोहणका लागि २० मुलुकका ६५ जनाले अनुमति लिगेका छन् । जसमा ५७ पुरुष र ८ जना महिला छन् ।
कुल सात मध्ये ६ समूहले मनास्लु हिमाल र एक समूहले रक्सा उराई हिमाल आरोहणका लागि अनुमति पाएका छन् । शरद ऋतुका लागि अनुमति लिन आउने आरोहीहरू विस्तारै वढ्दै जाने विभागले जनाएको छ । मनास्लु हिमालमा डोरी टाङ्ने काम पनि शुरु भइसकेको छ । विभाग सँग अनुमति पछि भदौ १३ गतेबाट डोरी टाङ्ने समुहले अनुमति पाएको थियो । आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर) आइतबार मनास्लुको बेस क्याम्प पुगिसकेका छन् । ७ जना शेर्पा कामदारहरु वेशक्याम्प पुगीसकेका छन् ।
विभागको तथ्याङ्क हालसम्म रसियाका नागरिकले सबैभन्दा बढी आरोहण अनुमति लिएका छन् । रसियाका १२ पुरुषले विभागबाट अनुमति लिएका छन् । यस्तै चीनबाट ६ पुरुष र २ महिला गरी ८ जनाले आरोहण अनुमति लिएका छन् । क्यानडा र जापानबाट ६÷६ जनाले अरोहण अनुमति लिएका छन् । यस्तै स्वीट्जरल्याण्डबाट ५ जना, अमेरिकाबाट ४ जना, भारत र जर्मनीबाट ३÷३ जनालगायत २० देशका आरोहीले विभागबाट आरोहण अनुमति लिएका छन् ।