स्वास्थ्य कार्यक्रमको वार्षिक समिक्षा शुरु
स्वास्थ्य कार्यक्रमको वार्षिक समिक्षा शुरु
गोरखा ः स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समिक्षा कार्यक्रम शुरु भएको छ । स्वास्थ्य कार्यालय गोरखाको आयोजनामा आइतबारबाट गत आर्थिक वर्ष २०७९÷०८० मा सम्पादित स्वास्थ्य कार्यहरुको वार्षिक समिक्षा शुरु भएको हो ।
समिक्षा आज सम्म जारी रहने छ । ११ वटै स्थानीय तहले गत आर्थिक वर्ष सम्पादन गरेका कार्यक्रमहरु वारे कार्यक्रममा समिक्षा गरिने छ । सोहि अवसरमा विश्व आत्महत्या रोकथामको सन्दर्भमा ११ वटै पालिकाका स्वास्थ्य शाखाका प्रमुख सँगको अन्तरक्रिया कार्यक्रम पनि भएको थियो । कार्यक्रममा गत आर्थिक वर्ष ७८ जनाले आत्महत्या गरेको तथ्याङ्क प्रस्तुत गरिएको थियो । तिन वर्षको आत्महत्याको विश्लेषण गर्दा आत्महत्या गर्ने दर वर्षै पिच्छे वढ्दै गएको छ ।
आर्थिक वर्ष २०७७÷०७८ मा ७८ जना, २०७८÷०७९ मा ६९ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको अभिलेखमा उल्लेख छ । कार्यक्रममा गत वर्षको समिक्षा सँगै स्वास्थ्य संस्थाले आगामी आर्थिक वर्ष तर्जुमा गर्ने कार्यक्रमबारे पनि छलफल हुने छ ।
कार्यक्रलाई सम्वोधन गर्दै गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ मन्त्री शुसिला सिम्खडाले आधारभुत स्वास्थ्य सेवाको व्यबस्थापनमा स्थानीय सरकारले पु¥याएको योगदनको प्रसंसा गरिन । स्थानीयलाई लाभ पुग्ने स्वास्थ्य तर्फको योजनालाई निरन्तरता दिन वजेट अभाव हुन नदिने उनले प्रतिवद्धता जनाइन् । कार्यक्रमका वक्ताहरुले स्वास्थ्य कार्यलयको सुचकहरुमा सुधार आएको बताए । पालिकाहरको स्वास्थ्य संस्थामा दरवन्दि अनुसार जनशक्ति नहुदा नियमति सेवामा प्रभाव पारेको पनि कार्यक्रमका वक्ताहरुले बताए ।