दरौदीमा ९.८४ मेगावाट क्षमताको जलविद्युत आयोजना वन्ने

दरौदीमा ९.८४ मेगावाट क्षमताको जलविद्युत आयोजना वन्ने


मङ्लबार, भदौ २६, २०८०


दरौदीमा ९.८४ मेगावाट क्षमताको जलविद्युत आयोजना वन्ने

गोरखा ःमनकामना दरौदी हाइड्रोपावर कम्पनी लिमिटेडले दरौदी नदी जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । गोरखा नगरपालिका–१२ र १३ स्थित दरौदी नदिमा ९.८४ मेगावाटको अर्धजलाशय युत्त आयोजना निर्माण गर्न लागिएको हो ।

देशको वढ्दो उर्जामागको आवश्यकतालाई केहि हदसम्म पुर्ती गर्न, देशमा विद्यममान जलस्रोतको विकास मार्फत देश विकासको कार्यमा सहभागी हुन, छरिएर रहेको सानो–सानो पुँजीलाई एकत्रित गरी सामुहिक लगानीको माध्यमबाट जलविद्युत आयोजनामा लगानी गर्न र लगानीकर्ताको लागि आकर्षण प्रतिफल शुनिश्चित गर्ने आयोजनाको मुख्य उदेश्य रहेको सोमबारको बातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदन तयारीको लागि कर्मसिंफाटमा भएकोे सार्वजनिक सुनुवाई कार्यक्रममा जानकारी गराइएको थियो ।



नेपाल विद्युत प्राधिकरणको सेवा निवृत कर्मचारीहरुले आफुले आर्जन गरेको ज्ञान सिप, दक्षता, अनुभव र पुजीलाई विद्युत कै क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने उदेश्यका साथ आयोजना निर्माण गर्न लागिएको कम्पनीले जनाएको छ । उत्पादित विजुली ५किलोमिटर दुरीमा रहेको मस्र्याङदी जलविद्युत केन्द्रको वाँध स्थल मार्किचोकमा रहेको नयाँ सव स्टेशनमा जोडिने छ ।

हाल सम्म विस्तृत सभाब्यता अध्ययन सम्पन्न भइसकेको छ । बातावरण अध्यययन प्रतिवेदनको लागि आवश्यक टिवआर र एसडि वन तथा वातावरण मन्त्रालयमा स्वीकृत भइसकेको छ । विद्युत खरिद सम्झौताको लागि विद्युत ब्यापार विभाग नेपाल विद्युत प्राधिकरणमा आवेदन गरिएको तथा ग्रिड कनेक्सन एग्रिमेन्ट भइसकेको जनाइएको छ । विद्युत उत्पादन लाइसेनको लागि निवेदन विद्युत विकास विभागमा पेश भइसकेको कम्पनीले जनाएको छ ।

भौगर्भिक अध्ययनको लागि आयोजना स्थलमा ड्रिलिङगर्ने कार्य सम्पन्न भएको तथा परामर्शदाताबाट आयोजााको विस्तृत इन्जिनियरिङ्ग अध्ययन प्रतिवेदनको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । उत्त आयोजनाको जलाधारको क्षेत्रफल ५३६.५४ वर्ग किलोमिटर रहने छ । वाधको उचाइ ९ मिटर र लम्वाइ ४७ मिटरको रहने छ । बार्षिक उर्जाको उत्पादन ६१.८३ गिगावाट आवर तथा सुख्ख महिनाको उर्जा ८.९६ गिगावाट आवर, बर्षायामको उर्जा ४२.६६ गिगावाट आवर रहने जनाइएको छ । आयोजनाको समयावधि वित्तिय ब्यवस्थापन पछि २.५ वर्षको हुने पनि कम्पनीेले जनाएको छ । विद्युत गृह भने अर्ध भुमिगत हुने छ । सोमबार भएको सार्वजनिक सुनुवाई कार्यक्रममा जनप्रतिनिधि, स्थानीय तथा सरोकारवालाको सहभागीता रहेको थियो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda