छुट्टा÷छुट्टै दुर्घटनामा एकको मृत्यू, चार जना घाइते
छुट्टा÷छुट्टै दुर्घटनामा एकको मृत्यू, चार जना घाइते
गोरखा ः शनिबार भएको छुट्टा÷छुट्टै दुर्घनामा एक जनाको मृत्यू भएको छ भने चार जना घाइते भएका छन् ।
सिरानचोक गाउपालिका–४ मा वसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । दुर्घटनामा गभ्भिर घाइते वनेका सिरानचोक गाउँपालिका–४ का २७ वर्षिय रामलाल कुमालको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यू भएको प्रहरीले जनाएको छ ।
भच्चेकबाट गोरखा वजार आउँदै गरेको ग १ ख ९७३६ नम्वरको वसले ग ७ प १५१० नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कुमाल घाइते वनेका थिए । कुमालको उपचारको क्रममा चितवन मेडिकल कलजमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालयका गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिए ।
वस र चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको पनि श्रेष्ठले बताए । त्यस्तै गोरखा नगरपालिका–३ नारेश्वरमा ट्याक्टरको टायर पन्चर भइ अनियन्त्री वनेर दुर्घटना हुँदा चार जना घाइते भएका छन् । ना ५ च ६०७७ नम्वरको ट्याक्टर दुर्घटनामा दुइ पैदलयात्री सहित चार जना घाइते वनेका थिए ।
ट्याक्टर चालक समेत रहेका पालुङटार नगरपालिका–९ का महेष थापा, सप्तरी घर भइ नारेश्वर वस्ने राम विलाश यादव, पैदलयात्री नारेश्वरका भुवन वहादुर थापा र भोजराज ढकाल घाइने वनेको प्रहरीले जनाएको छ । थापा र ढकाललाई थप उपचारका लागि काठमाडौ पठाइएको पनि प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए ।