तीनधारा खानेपानीको अध्यक्षमा श्रेष्ठ
तीनधारा खानेपानीको अध्यक्षमा श्रेष्ठ
गोरखा ः तीनधारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा रामकुमार श्रेष्ठ चयन भएका छन् ।
समितिको पन्ध्रौ वार्षिक साधारण सभा तथा छैटौ अधिवेशनले सर्वसम्मत कार्यसमिति निर्वाचित गरेको हो । समितिको प्रथम उपाध्यक्षमा कृष्ण थापा, द्धितिय उपाध्यक्षमा महेश्वर अर्याल, सचिवमा नन्द कुमार श्रेष्ठ, सहसचिवमा गुनु कुमारी श्रेष्ठ, कोषाध्यक्षमा रुद्र कुमार श्रेष्ठ चयन भएका छन् ।
सदस्यहरुमा अजित श्रेष्ठ, किरण अर्याल,वुद्धिमाया श्रेष्ठ, रुपा थापा र रुक्मीणी अर्यालय चयन भएका छन् ।