दरौदी दैनिक २६ औँ वर्षमा प्रवेश
दरौदी दैनिक २६ औँ वर्षमा प्रवेश
गोरखा ःदरौदी दैनिक २६ औँ वर्षमा प्रवेश गरेको छ । दरौदी प्रकाशन समुह मार्फत प्रकाशित दरौदी दैनिक पत्रिकाले वार्षिक उत्सवको अवसरमा सोमबार पत्रकारिताको वर्तमान अवस्था वारे छलफल कार्यक्रमको पनि आयोजना गरेको थियो ।
दरौदी दैनिकका सम्पादक शिव उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका सांसद नन्द प्रसाद न्यौपाने, जिल्ला समन्वय समितिका प्रमुख मोहन वहादुर थापा मगर, गोरखा नगरपालिकाका प्रमुख कृष्ण रानामगर, प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, नेपाल समाजवादी पार्टीको तर्फबाट पुर्णमाया वन्त, पत्रकार महासंघका उपाध्यक्ष नरेन्द्र ढकाल, पत्रकार महासंघका पुर्व अध्यक्ष भिमलाल श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।
२०५५ सालमा पाक्षिक रुपमा प्रकाशन आरभ्भ गरेको दरौदीले २०६७ असोज १ गतेबाट दैनिक प्रकाशन आरभ्भ गरेको थियो । कार्यक्रमका सहभागीले स्थानीय स्तरको खवर समेटेर पत्रिकाको निरन्तर प्रकाशन वारे प्रशंसा गरेका थिए । जिल्लाको पत्रकारीता उत्कृष्ट रहेको पनि कार्यक्रमका सहभागीले बताए । समाजलाई सुसुश्चित गर्न पत्रकारको अहम भुमिका रहेको कार्यक्रमका सहभागीले बताए । सामाजिक सञ्जालको वढ्दो प्रयोग भइरहेको अवस्थामा सिर्जनशिल विषयवस्तुलाई जोड दिन पनि सहभागीले सुझाव दिए ।