अभद्र ब्यवहारको आरोपमा दुइ जना पक्राउ
अभद्र ब्यवहारको आरोपमा दुइ जना पक्राउ
गोरखा ः गाली गलौज तथा धाक धम्की दिइ अभद्र ब्यवहार गरेको आरोपमा दुइ जना पक्राउ परेका छन् ।
गोरखा नगरपालिका–९ ठिमुरेस्वाँराका १८ वर्षिय रश्मिता पाण्डे र ३५ वर्षकी मिना अर्याललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सोहि ठाउँकी ४० वर्षिय मिना पाण्डेलाई गाली गलौज तथा धाक धम्की दिइ अभद्र ब्यवहार गरेको आरोपमा उनिहरु पक्राउ परेका हुन् ।
असोज २ गते मिनाले दिएको जाहेरीका आधारमा आरोेपितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आरोपित रश्मिता पाण्डे र मिना अर्याललाई जिल्ला प्रशासन कार्यलयमा अभद्र ब्यवहार शिर्षकमा मुद्धा दर्ता गरि अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।