धार्चे–रुविनाला पदमार्गमा हेलिप्याड
धार्चे–रुविनाला पदमार्गमा हेलिप्याड
गोरखा ःधार्चे–रुविनाला पदमार्गमा हेलिप्याड निर्माण गरिएको छ । झण्डै दुइ लाख खर्च गरेर ४१ सय ३० मिटर उचाईको रुविनाला हाइक्याम्पमा हेलिप्याड निर्माण गरिएको हो ।
आउदो अक्टोवर र नोभेम्वर महिनामा पर्यटक भित्राउन पदमार्ग सुधारको काम भइरहेको धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष साने गुरुङले बताए । तिन महिनाको अवधिमा पदमार्ग क्षेत्रमा चार वटा काठेपुल र चार किलोमिटर बाटो र एउटा प्रतिक्षालय निर्माण गरिएको छ ।
पदमार्ग क्षेत्र अन्तरगत ४१ सय ३० मिटर उचाइको रुविनाला हाइक्याम्पमा हेलिप्याड पनि निर्माण भएको उनले बताए । ‘पदमार्गमा यात्रा गर्दा हाइल्टीच्यूड(लेक लाग्दा), विमारी पर्दा र आकस्मीक उद्धार गर्नका लागि यस वर्ष हेलीप्याड पनि निर्माण ग¥या’ उनले भने । हेलीप्याड निर्माणका लागि मात्र करिव दुइ लाख रुपैया खर्च भएको छ ।
रुविनाला फेदि क्यूकर काठे पुल पनि राखिएको छ । यो वर्ष पर्यटनको विभागको सहयोगमा पुर्वाधार निर्माण भएको गुरुङले जानकारी दिए । बारपाक सुलिकोट गाउपालिका–७ पाचखुवा देउराली–सिद्धगुफा–धार्चेडाडा, गुप्सीपाखा नया वस्ती–मिर्चा खोला–नारदपोखरी–रुविनाला पास–वुद्धहिमाल क्लीसियर हुदै चुमनुव्री गाउपालिका–३ को न्याक सम्मको क्षेत्र समेटेर पदमार्गको रुपमा विकास गरिएको उनले बताए ।
पाँचखुवा देउरालीबाट यात्रा शुरु गरेका पर्यटकले ८ दिनको यात्रामा न्याक फेदि पुगेपछि फीलिम, जगत हुदै फर्कन सक्ने गुरुङले बताए । ‘माथिल्लो मनास्लु पनि यात्रा गर्न चाहनेले न्याकफेदिबाट मनास्लु पदमार्गको यात्रा गरि लार्केपास हुदै मनाङ निक्लन पनि सकिने छ,’ उनले भने । उत्र पदमार्गमो सुनपाती, पाचऔले, कुट्की, गुरास, जटामसी लगायतका वनस्पतीको अध्ययन पनि गर्न सकिने स्थानीय बताउछन् ।
हिउचितुवा, भालु, कस्तुरी, मृग, झारल, घोरल,डाफेहरु पनि देख्न सकिने चुमनुव्री–३ सिर्दिवासका सागर गुरुङले बताए । ‘रुविनाला पासको वाटोहरु मर्मत भएको छ, दुइ मिटरको वाटो वनिसकेपछि हिड्नलाई कुनै जोखिम छैन,’ उनले भने,‘यहाको हरियाली, डाडापाखा, झरना, हिमाल सवै चिज देख्न पाइन्छ, अरु क्षेत्रमा होटलहरु खोलेर क्याम्पीङ गर्ने प्रचलन हट्दै गएको छ, यो पदमार्ग क्याम्पीङकै लागी हो ।’ उत्त पदमार्गमा पर्यटकको चलहलपहल वढे स्थानीय कृषि उपज विक्रि र रोजगारीका लागि पनि सहज वन्ने उनले बताए ।