ब्याटमिन्टनमा मास्के र श्रेष्ठको जोडि प्रथम
ब्याटमिन्टनमा मास्के र श्रेष्ठको जोडि प्रथम
गोरखा ः गोरखा नगरपालिका–६ हरमटारी स्थित कभडहलमा भएको ब्याडमिन्टन प्रतियोगीतामा भगवान वावु मास्के र रमेश कुमार श्रेष्ठको जोडि प्रथम भएका छन् ।
४ः३० समुहको आयोजनामा भएको खेलमा ११ टिमको सहभागीता रहेको थियो । प्रतियोगीतामा रितेस केशी र कुल बहादुर थापा को जोडी दोस्रो, बलबहादुर गुरुङ र ताराबहादुर थापा को जोडी तेस्रो र सबिन केसी र सुजन भट्टको जोडि सान्त्वना भएका छन् ।
प्रतियोगीताका विजेतालाई गोरखा नगरपालिकाका पुर्व नगर प्रमुख राज राज पन्तले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा पन्त, मोहन विष्ट, ब्याटमिन्टन संघ तदर्थ समितिका अध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव बिष्णु राना लगायत समितिका सदस्यहरू र खेलाडी हरुको उपस्थिति रहेको थियो ।