समायोजन भएको भाडादर लागु गर्न विद्यार्थी संघ संगठनको माग
समायोजन भएको भाडादर लागु गर्न विद्यार्थी संघ संगठनको माग
गोरखा ः अस्थायी रुटको नयाँ भाडादर लागु नगरेको प्रति जिल्लाका चार विद्यार्थी संघ÷ संगठनले ध्यानाकर्षण भएको जनाएका छन् ।
प्रमुख जिल्ला अधिकारीले संयोजकत्वमा बसेको भाडा निर्धारण समितिले असोज १७ गते देखि समायोजन भएको भाडादर लागु गर्ने निर्णय गरेको थियो । यातायात बयवसायीले समायोजित भाडादरमा सुविधा दिनुको सट्टा टिकट समेत नकाटी यात्रुलाई सास्ती दिएको विद्यार्थी संघ संगठनले आइतबार प्रमुख जिल्ला अधिकारीलाई वुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।
असोज १७ गते देखि नै यातायात व्यवसायीले टिकट काउन्टरबाट समायोजित भाडा दरमा यात्रुलाई सुविधा दिनुको सट्टा टिकट समेत नकाटी यात्रुलाई झनै धेरै सास्ती दिइरहेको प्रति विद्यार्थी संघ संगठले ध्यानाकर्षण भएको जनाएका हुन । ‘एकातिर बषौँ मारमा पर्दै आइरहेका यात्रुहरु समायोजनको निर्णय पश्चात् पनि ठगिने अवस्था रहिरहेको छ भने अर्कोतिर टिकट बुकिङ काउन्टरबाट सेवा प्रवाह नगर्दा यात्रुहरु झनै ठुलो समस्यामा परिरहेका छन्,’ ज्ञापनपत्रमा भनिएको छ । टिकट बुकिङ काउन्टरबाट समायोजित मूल्यमा टिकट काट्न लगाई यात्रुलाई सहज आवतजावत गर्न पाउने अवस्था सिर्जना गर्न विद्यार्थी संघ÷संगठनको माग छ ।
गोरखा बजार र आसपासमा स्थानहरुबाट पछिल्ला दिनहरुमा बढ्दै गरेका चोरीका घट्ना प्रति पनि ध्यानाकर्षण भएको ज्ञापनपत्रमा उल्लेख छ । नजिकिदै गरेको चाडपर्वको अवसर पारी विगतका वर्षहरुमा पनि चोरी घट्ना बढेको, सि.सि.टि.भि. जडान भएको मूख्य बजारबाटै मोटरसाईकल लगायतका सामाग्रीहरु निरन्तर चोरी हुदाँ पनि नियन्त्रणमा आउन नसक्नु र चोरीको गिरोह समातिन नसक्नुले आम शान्ति सुरक्षाको सवालमा प्रश्न उठेको प्रमुख जिल्ला अधिकारीलाई वुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।
बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि चार्डपर्व नजिकिदै गर्दा अस्वभाविक मूल्य वृद्धि, कालो बजारी तथा गुणस्तरहिन खाद्यन्न तथा सामाग्री विक्रि वितरण नियन्त्रणका लागि प्रभावकारी अनुगमन गर्न ल पनि ज्ञापनपत्र मार्फत अनुरोध गरिएको छ । आइतबार नेपाली कागेस निकट नेपाल विद्यार्थी संघ, नेकपा माओवादी केन्द्र निकटको अखिल (क्रान्तिकारी), एमाले निकटको अनेरास्ववियु र एकिकृत समाजवादी निकटको अनेरास्ववियुले संयुत्तरुपमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र वुझाएका हुन् ।