त्रिवेणीमा एकादशी मेला
त्रिवेणीमा एकादशी मेला
गोरखाः शहिद लखन गाउँपालिका–३ त्रिवेणी मन्दिरमा एकादशी मेला शुरु भएको छ । वुधबार रातीबाटै मेला शुरु भएको हो ।
मेलाको अवसरमा विविध सास्कृतिक कार्यक्रम हुने छ । मेलामा लोकदोहोरी गायक श्याम राना, निर्जला गुरुङ, चन्द्र परियार, पृथ्वी गुरुङ लगायत स्थानीय कलाकारको प्रस्तुती रहने छ । कालिका युवा क्लवको आयोजनामा मेला भएको हो । त्रिवेणीमा हरेक वर्ष एकादशीको अवसरमा मेला लाग्ने गरेको छ ।
मेलाको अवसरमा आयोजकले खुल्ला भलिवल प्रतियोगीताको पनि आयोजना गरेको थियो । भलिवल प्रतियोगीता भने केहि दिनका लागि सरेको आयोजक क्लवका बावु गुरुङले बताए । प्रतियोगितामा प्रथम हुने टिमलाई एक लाख द्धितीय हुनेलाई पचास हजार टूफी,मेडल र प्रमाणपत्र पाउने छन् । सेमी फाइनलमा पुग्ने दुवै टिमलाई २५हजार पुरस्कारको ब्यवस्था गरिएको छ ।
प्रतियोगीताका लागि चार टिमले दर्ता गरिसकेका छन् । अर्को सुचना प्रकाशित नहुन्जेल सम्मको लागि भलिवल प्रतियोगीता भने सरेको आयोजकले जनाएको छ । त्यस्तै गोरखा नगरपालिका–१३ स्थित दरौदी र मस्र्याङी संगम स्थलमा पनि एकादशी अवसरमा मेला लाग्ने गरेको छ ।