बारपाक सुलिकोट स्तरीय रनिङ्ग शिल्ड शुरु
बारपाक सुलिकोट स्तरीय रनिङ्ग शिल्ड शुरु
गोरखाः बारपाक सुलिकोट गाउँपालिकामा चौथो बारपाक सुलिकोट रनिङ्ग सिल्ड प्रतियागिता सुरु भएको छ ।
सोमबार प्रतियोगीताको एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष विष्णु भट्टले उद्घाटन गरे । तिन दिन सम्म चल्ने प्रतियोगीतामा पालिका भरिका १० वटा माध्यमिक विद्यालयका विद्यार्थीहरु सहभागी छन् ।
प्रतियोगितामा कवडी, भलिबल, एक सय, दुई सय, चार सय, ६ सय, आठ सय, १५ सय र ३ हजार मिटर दौड, लङ्घ जम्प, त्रिपल जम्प, सटपुट लगायतका १५ खेल हुने गाउँपालिकामा शिक्षा संयोजक भिम कुमार श्रेष्ठले जानकारी दिए । विभिन्न विधामा विजेता खेलाडीलाईं पुरसकारको समेत ब्यवस्था गरिएको छ ।