सहुलियत पुर्ण कर्जा लिएका ऋणीलाई रकम फिर्ताको आग्रह
सहुलियत पुर्ण कर्जा लिएका ऋणीलाई रकम फिर्ताको आग्रह
गोरखाः सहुलियत पुर्ण कर्जा लिएका ऋणीलाई रकम फिर्ता गर्न पालुङटार नगरपालिकाले आग्रह गरेको छ । पालुङटार नगरपालिकाको स्व–आर्जन प्रवद्र्धन कोष संचालन कार्यविधि बमोजिम सहुलियतपुर्ण कर्जा लिएका ऋणीहरुलाई रकम फिर्ताका लागि नगरपालिकाले आग्रह गरेको हो । स्व आर्जन प्रवद्र्धन कोषबाट झण्डै तिन सय वढीले ५० देखि ६ लाख सम्म ऋण लिएका छन् । उनिहरुलाई यथासिग्र रकम फिर्ता गर्न आग्रह गरिएको हो ।
२०७६ देखि २०७८ को विचमा विभिन्न ब्यापार, ब्यवसायमा लगानीका लागि लागि नगर क्षेत्रमा सहुलियतपुर्ण कर्जा प्रवाह गरिएको थियो । दुइ प्रतिशत ब्याजदरमा कर्जा लिएका ऋणीहरुले दुइ वर्ष भित्र रकम फिर्ता गर्नुपर्ने प्रावधान छ । रकम फिर्तामा ढिलाई भएपछि नगरपालिकाले यस्ता कर्जा लिएकाहरुलाई रकम फिर्ता गर्न अनुरोध गरेको हो । केहि ऋणीहरुले रकम फिर्ता पनि थालेका छन् । पालुङटार नगरपालिका कार्यालय स्व–आर्जन प्रवद्र्धन कोषबाट ऋण लिइ भाका नाघी किस्ता÷ऋण नतिरेकाहरुको रकम उठाउने प्रक्रियामा रहेको नगरपालिकाले जनाएको छ ।
रकम फिर्ता नगरे कानुन बमोजिम प्रक्रिया अघि वढाउने नगरपालिकाको चेतवानी छ । राज्यको सम्पती समयमै फिर्ता गर्ने ब्याक्तिहरुलाई उच्च सम्मान गर्ने नगरपालिकाले जनाएको छ । केहि नागरिकको थोरै मात्र रकम फिर्ता गर्न वाकी देखिएको पनि नगरपालिकाले जनाएको छ । आफुले लिएको ऋण समयमै फिर्ता नगरे सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्दै जाने पनि नगरपालिकाले जनाएको छ । कृषि, पशुपालन, ब्यपार ब्यवसाय संचालनमा सहजताका लागि कर्जा उपलब्ध गराइएको थियो ।