लैङ्गीक हिंसा विरुद्ध लघु सचेतना
लैङ्गीक हिंसा विरुद्ध लघु सचेतना
गोरखा ः गोरखा नगरपालिका–९ खारापाखा र वडा नम्वर १ को मानपुरमा लैङ्गिक हिंसा विरुद्ध लघु सचेतना कार्यक्रम गरिएको छ ।
प्रहरी चौकि कोखे आहालेबाट खटिएका प्रहरी हवल्दार रञ्जित कुँवरको टोलीले मानपुर र लक्ष्मिवजार अस्थायी प्रहरीपोष्टबाट खटिएका प्रहरी हवल्दार शभ्भु विक नेतृत्वको टोलीले खारपाखामा लैङ्गीक हिंसा विरुद्ध पर्चा वितरण तथा लघु सचेतना मुलक कार्यक्रम गरेका हुन । मानपुरमा ३५ र खारपाखामा ४५ जना स्थानीय वासिको सहभागीतामा कार्यक्रम भएको प्रहरीले जनाएको छ ।