ठेक्का लागेका योजना समयमै पुरा नहुँदा विकास देखिएन ः पाण्डे
ठेक्का लागेका योजना समयमै पुरा नहुँदा विकास देखिएन ः पाण्डे
गोरखाः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे रुग्ण र समस्याग्रस्त आयोजनाका कारण ठेक्का लागेका तथा बजेट बिनियोजन भएका योजना पुरा नहुँदा बिकास नदेखिएको बताएका छन् ।
यस्ता योजना तत्काल पुरा गर्न सरोकारवाला सबै जुट्नुपर्ने उनले बताए । पाण्डेले सिलिङ तोकेर आगामी आर्थिक वर्ष प्रदेश सरकारले वजेट छुट्टाउने बताए । सोमबार जिल्लाका रुग्ण र समस्याग्रस्त आयोजनावारे अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै पाण्डेले आगामी आर्थिक वर्ष ५० लाख भन्दा घटिका योजनामा प्रदेश सरकारले वजेट नछुट्याउने बताएका हुन् ।
संघ सरकारलाई पनि ५÷७ लाखको योजनामा वजेट नछुट्टाउन भनेको उनले बताए । ‘संघ सरकारको पनि ५, ७, १० लाखको योजना कार्यान्वयन नगरौ,’ उनले भने,‘बरु सिलिङ तोकौ, कति सम्मका योजना संघले गर्ने, कति सम्मका योजना प्रदेशले गर्ने ।’
योजनाको जिम्मा लिएका निर्माण ब्यवसायी जिम्मेवार वन्नुपर्नेमा उनले जोड दिए । छलफलमा रुग्ण योजनाको निकास निकाल्न सरोकारवालाको समन्वय र सहजिकरण जरुरी रहेकोमा पनि जोड दिइएको थियो ।