पालुङटार र राइनास जोड्ने पुल निर्माणमा ढिलाई
पालुङटार र राइनास जोड्ने पुल निर्माणमा ढिलाई
गोरखाः पालुङटार नगरपालिका–३ र लमजुङको राइनास नगरपालिका–४ जोड्ने मोटरेवल पुल निर्माणमा ढिलाई भएको छ ।
चेपे खोला माथि २०७७ जेठ २८ गते दुइ वर्ष भित्रै निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम शुरु भएको पुलको हाल सम्म ६४ प्रतिशत मात्र काम सम्पन्न भएको छ । गत साउन ३० गते ठेकेदार कम्पनीको अन्तिम म्याद पनि सकिएको छ । ११ किलो छेवेटार भालुस्वाँरा सडक योजना अन्तरगत रहेको उत्त पुल निर्माणका लागि विकोई विल्डर्स प्रालिले निर्माणको जिम्मा पाएको थिाये ।
७ करोड ५७ लाखको लागतमा निर्माणक सम्पन्न गर्ने गरि काम शुरु भएको पुलको ६४ प्रतिशत भौतिक र ५९.४९ वित्तिय प्रगति रहेको ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक योजनाका प्रमख अमिन्द्र खड्काले जानकारी दिए । हाल सम्म पुलको पिल्लर निर्माण, दुइ मध्ये १ डेक्स स्ल्याव निर्माण सम्पन्न भएको छ । एक डेक्स स्ल्याव र वाल तथा याप्रोच सडक निर्माणको काम वाकी नै छ । निर्माण ब्यवसायीले कामप्रति उदासिन हुँदा पुल निर्माण समयमै सम्पन्न हुन नसकेको कार्यालयले जनाएको छ ।
कोरोना, चुनाव तथा नदिजन्य निर्माण सामाग्रीको अभावले पनि पुल निर्माणमा ढिलाई भएको छ । प्रयाप्त वजेटको सुनिश्चितता र निर्माण ब्यवसायबाट काममा तदारुकता देखाउन सके पुल निर्माणका काम धेरै नरहेको कार्यालयले जनाएको छ । उत्त पुल समयमै सम्पन्न गर्नका लागि स्थानीयले पनि दवाव वढाउदै आएका छन् । पुल निर्माण भए आउजाउमा सहज वन्ने स्थानीयको अपेक्षा छ । अहिले यहाँका स्थानीयहरु घुमाउरो बाटोको प्रयोगबाट आउजाउ गर्दै आएका छन् । पुल निर्माण भए दुरी छोट्टिने स्थानीय बताउँछन् । पुल निर्माण सक्न धेरै काम वाँकी नरहेकाले ठेकेदारले निर्माणलाई तिव्रता दिए छिट्टै काम सम्पन्न हुने बताइएको छ ।