नसर्ने तथा मानसिक स्वास्थ्य सम्वन्धी अभिमुखिकरण
नसर्ने तथा मानसिक स्वास्थ्य सम्वन्धी अभिमुखिकरण
गोरखाः शहिद लखन गाउँपालिकामा ‘नसर्ने तथा मानसिक स्वास्थ्य सम्वन्धी अभिमुखिकरण’ कार्यक्रम भएको छ ।
वडा नम्वर ६, ७, ८ र ९ का स्वास्थ्य स्वंयसेविकाहरुलाई अभिमुखिकरण दिइएको हो । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारी, स्वास्थ्य कार्यालय गोरखाका जनस्वास्थ्य अधिकृत नवराज खड्का, स्वास्थ्य शाखा प्रमुख विरेन्द्र श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।