शहिदलखनमा वडा स्तरीय युवा क्लव गठन
शहिदलखनमा वडा स्तरीय युवा क्लव गठन
गोरखा ः शहिद लखन गाउँपालिकाले वडा स्तरीय युवा क्लव गठन गरेको छ ।
प्रत्येक वडामा १५ सदस्यीय रहने गरी क्लव गठन गरिएको हो । क्लवमा १६ देखि २४ वर्ष उमेर समुहका छन् । १६ देखि २४ वर्ष उमेर समुहका सम्बन्धित वडाका सबै युवा साधारण सदस्य रहने व्यवस्था गरिएको छ ।
वडा नं १ मा सन्जिब वि.क., वडा नं २ मा सन्तोष थापा, वडा नं ३ मा पुजन थापा, वडा नं ५ मा मनोज राना, वडा नं ६ मा विश्ववाबु श्रेष्ठ, वडा नम्वर ८ मा अविन श्रेष्ठको अध्यक्षतामा वडा स्तरीय युवा क्लव गठनभएको हो । वडा नं ७ र ९ मा पदाधिकारि चयन हुन बाँकी छ । वडा नं ४ मा पनि केही दिन भित्रै क्लव गठन गर्ने तयारी गरिएको छ ।
युवा क्लव गठन तथा नमुना युवा संसद सञ्चालन कार्यविधि २०७५ दोस्रो संशोधन सहित बमोजिम वडा स्तरीय युवा कल्ब गठन गरिएको हो । राष्ट्रिय युवा परिषद नेपालद्वारा सशर्त अनुदान मार्फत युवा क्लव गठन तथा नमुना युवा संसद संचालनको लागि कार्यक्रम स्वीकृत भएको छ । उत्त कार्यक्रम अन्तरगत पहिलो चरणमा युवा क्लव गठन रहेको छ । अव गाउँपालिका स्तरीय युवा क्लव संचालन पनि गठन हुने छ ।
वडाबाट १ महिला सहित तिन जनाका दरले जाने प्रतिनिधिबाट पालिका स्तरीय युवा क्लव संजाल गठन हुने छ । पालिका स्तरीय क्लवमा ११ सदस्यीय हुने र ५ सदस्य मनोनित गरि ३२ जनाको गाउँपालिका स्तरीय युवा संसद पनि गठन हुने छ ।
ं