मधुमेह सचेतना सडक नाटक प्रस्तुती
मधुमेह सचेतना सडक नाटक प्रस्तुती
गोरखाः लायन्स क्लव अफ गोरखाको आयोजना तथा गोरखा प्राविधिक प्रशिक्षण केन्द्र गोरखाको प्राविधिक सहयोगमा मधुमेह सचेतना सडक नाटक प्रस्तुती तथा निशुल्क मधुमेह जाँच कार्यक्रम सम्पन्न भएको छ ।
विहिबार गोरखा नगरपालिका–६ हरमटारीमा कार्यक्रम भएको हो । लायन्स क्लव अफ गोरखाका अध्यक्ष भगवान वावु मास्केको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा प्राविधिक प्रशिक्षण केन्द्रका प्रिन्सिपल डा उकेश खुसीले मधुमेह रोग लक्षण तथा उपचारवारे जानकारी गराएका थिए ।
लायन्स क्लव अफ गोरखाका प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक सुजन कुँवर, संस्थाका सचिव गोविन्द वहादुर गुरुङ, गोरखा प्राविधिक प्रशिक्षण केन्द्रका अध्यक्ष चन्दन वावु खत्री लगायतले मन्तब्य राखेका थिए ।