वक्तृत्वकला प्रतियोगीता सम्पन्न
वक्तृत्वकला प्रतियोगीता सम्पन्न
गोरखा ः तमु विद्यार्थी छोज धी जिल्ला कार्यसमिति गोरखाको आयोजनामा ‘संस्कार संस्कृतिमा भित्रिएको विकृति, नियन्त्रणमा हाम्रो जिम्मेवारी’ विषयक वक्तृत्वकला प्रतियोगीता भएको छ ।
बक्तृत्वकला प्रतियोगीतामा सरस्वती मावि आहालेका समिप खत्री पहिलो, द ओल्ड क्यापिटल माविका प्रसिद्धिका अर्याल दोस्रो र लक्ष्मि सामुदायीक शिक्षा सदनका अनुप रोका तेस्रो भएका छन् । त्यस्तै नवज्योती माविका अयुष्मा रायमाझि र महालक्ष्मी माविकी आरती गुरुङ सान्त्वना भएका छन् । संस्थाका अध्यक्ष मनोज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा तमु ह्युला छोज धि गुरुङ राष्ट्रिय परिषद गोरखाका अध्यक्ष राम वहादुर गुरुङ, गण्डकी प्रदेश सदस्य सुक वहादुर गुरुङ लगायतको सहभागीता रहेको थियो । प्रतियोगीतामा पाँच विद्यालयले सहभागीता जनाएका थिए ।