कारागारमा क्षमता भन्दा वढी कैदी वन्दी हुँदा समस्या
कारागारमा क्षमता भन्दा वढी कैदी वन्दी हुँदा समस्या
गोरखा ः गोरखा कारागारमा क्षमता भन्दा वढी कैदी वन्दि हुँदा समस्या भएको छ । पुरुष बन्दीहरुलाई सुत्न बस्न समस्या भएको हो ।
जिल्ला कारागारको पुरुष कक्षमा क्षमता भन्दा झण्डै तेब्बर कैदीवन्दि छन् । कारागारको क्षमता ५५ जनाका रहेको छ । तर कैदी र थुनुवा गरी ११५ जना रहेका छन् । कारागारमा हाल १७ जना महीला र ९८ जना पुरुष रहेको कारागार कम्प्युटर अपरेटर दिपेन्द्र क्षेत्रीले जानकारी दिए ।
कारागारमा महिला कक्षको २० र पुरुष कक्षको ३५ जनाको क्षमता रहेको छ । कारागारमा पुरुष कक्ष तर्फ झण्डै तिन गुण कैदी बन्दी रहेकाले कोचिएर बस्नुपर्ने समस्या रहेको उनले बताए । क्षमता भन्दा वढी कैदिवन्दि हुँदा वस्ने ठाउँ सँगै अन्य ब्यवस्थापन जेनतेन मिलाइएको छ । कारागारमा हिउँदको वेला खानेपानीको पनि समस्या रहने गरेको छ । त्यस्तै दरवन्दी अनुसार स्वास्थ्यकमी नहुदा सामान्य उपचारका लागि पनि गोरखा अस्पताल जानुपर्ने बाध्यता पनि रहेको छ ।
अहेवको दरवन्दि रहेपनि झण्डै दुइ वर्ष देखि दरवन्दि अनुसारको स्वास्थ्यकर्मी छैनन । स्वास्थ्यमा सामान्य समस्या देखिए कैदिवन्दिलाई गोरखा अस्पताल लैजानुपर्ने वाध्यता रहेको उनले बताए । कारागारमा कार्यरत अहेव दुइ वर्ष अघि नै सरुवा भएका थिए, त्यसयता स्वास्थ्यकर्मी आएका छैनन् । पटक÷पटक स्वास्थ्यकर्मी पठाउन आग्रह गरिएपनि सुनुवाई हुन सककेो छैन । कारागारमा प्रेसर, घोडाको समस्याका दिर्घरोगी पनि रहेका छन् । उनिहरुलाई नियमित स्वास्थ्य जाँचमा समस्या हुँदै आएको छ ।