एकिकरण पदमार्गमा नेपाली सेनाको पदयात्रा शुरु

एकिकरण पदमार्गमा नेपाली सेनाको पदयात्रा शुरु


आइतवार, पुस २२, २०८०


एकिकरण पदमार्गमा नेपाली सेनाको पदयात्रा शुरु

गोरखा ः नेपाली सेनाले गोरखादेखि काठमाडौ सम्मको एकिकरण पदमार्गमा यात्रा शुरु गरेको छ ।
पृथ्वी जयन्तीको अवसरमा नेपाली सेनाले शनिबारबाट पदयात्रा शुरु गरेको हो ।

गोरखा दरवारको हनुमान भञ्याङबाट शुरु भएको पहिलो खण्डको पदयात्रा टोलीमा ३० जनाको सहभागीता रहेको छ । पहिलो खण्डको यात्रा गरेको नेपाली सेनाको रिपुमर्दन गणले हनुमान थानबाट वोर्लाङ सम्मको २३ किलोमिटर यात्रा गरेको छ । यात्राको पहिलो दिन गोरखा नगरपालिकाको ताप्ले, भीमसेन थापा गाउँपालिको अश्राङ, बोर्लाङ हुदै बोर्लाङघाट पुगेर धादिङको तर्फको टोलीलाई टर्च र झण्डा हस्तान्तरण गरिएको छ ।



नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटर पृतनापति उपरथी सन्तोष बल्लभ पौडेल र गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण राना सहितको जनप्रतिनिधिको टोलीलले उनिहरुलाई टर्चर झण्डा हस्तानतरण गरेका हुन् । पदयात्रा धादिङ, नुवाकोट हुँदै पौष २७ गते पृथ्वी जयन्तीका दिन काठमाडौमा हुने ३०२ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समारोहमा टर्च र झण्डा सहितको टोली सहभागी वन्ने छ ।

इतिहास तथा तथा ऐतिहासिक धरोहरहरुको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन, राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने उदेश्यले पदयात्रा गरिएको नेपाली सेनाको रिपुमर्दण गणका गणपती अशोक कुमार क्षेत्रीले बताए । नेपालको राष्ट्रिय झण्डा, टर्च र पृथ्वी नारायण शाहले तत्कालिन समयमा खडा गरेका नेपाली सेनाका प्रथम पाँच कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्द बहादुर र सवुज) का झण्डाहरु लिएर नेपाली सेनाले यात्रा शुरु गरेको छ ।

धादिङको टोलीले नुवाकोट र नुवाकोटको टोलिले काठमाडौलाई हस्तान्तरण गर्ने छ । पदमार्ग, कोट, गढी र किल्लाहरु सम्वद्र्धन र प्रवद्र्धन गर्ने उदेश्यका साथ नेपाली सेनाको पदयात्रा शुरु गरेको जनाइएको छ । राज्य एकीकरणको क्रममा पृथ्वी नारायण शाहले प्रयोग गरेको मार्गलाई एकीकरण मार्गको रुपमा विकास गर्न २०७६ बाट शुरु भएको पदयात्रालाई यस वर्ष पनि निरन्तरता दिएको नेपाली सेनाले जनाएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहन वहादुर थापा, गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना मगर, उपप्रमुख मसली माया थोकर, भिमसेन थापा गाउपालिकाका अध्यक्ष लोक प्रसाद बञ्जरा, प्रमुख जिल्ला अधिकारी भोला दाहाल लगायतको सहभागीता रहेको थियो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda