ज्यान मार्ने उद्योग कसुरमा दुइ जना पक्राउ
ज्यान मार्ने उद्योग कसुरमा दुइ जना पक्राउ
गोरखा ः ज्यान मार्ने उद्योग कसुरमा पालुङटार नगरपालिका–४ वेलटारका २९ वर्षिय कृष्ण भुजेललाई प्रहरीले पक्राउ गरेको छ ।
सोहि ठाउँका ६० वर्षिय रामवहादुर शाहले काम गरेको ज्याला माग्दा भएको विवादमा सोमबार ज्यानै मार्ने नियतले धारिलो हतियार चुप्पी प्रहार गरी शाहलाई घाइते वनाएको आरोपमा भुजेल पक्राउ परेका हुन् । घाटीमा चोट लागेका शाहको सामुदायीक क्लीनिक हस्पिटल तुरतुरेमा उपचार भइरहेको छ ।
आरोपित भुजेललाई सोमबार पक्राउ गरि मंगलबार ज्यान मार्ने उद्योग कसुर शिर्षकमा मुद्र्धा दर्ता गरी अदालतबाट हिरासतमा राख्न म्याद थप अनुमति लिएर घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले बताए ।
त्यस्तै पालुङटार नगरपालिका–१० धौखोला चारघरेका ६० वर्षिय तिलक वहादुर विश्वकर्मालाई पनि प्रहरीले ज्यानमार्ने उद्योग कसुरमा पक्राउ गरेको छ । पौष २१ गते आफ्नै भाइ नाता पर्ने ४७ वर्षिय हरि वहादुर विश्वकर्मालाई जान मार्ने नियतले धारिलो हतियार खुर्पा प्रहार गरि घाइते वनाएको आरोपमा तिलक वहादुरलाई प्रहरीले पक्राउ गरेको हो ।
घाइते हिरा वहादुरको टाउको र गालामा चोट लागेको छ । उनको अन्नपुर्ण अस्पताल पोखरा कास्कीमा उपचार भइरहेको छ । सोमबार पक्राउ परेका तिलक वहादुर विरुद्ध ज्यान मार्ने उद्योग कसुर शिर्षकमा जिल्ला अदालतमा मुद्धादर्ता गरि हिरासतमा राख्न म्याद थप अनुमति लिएर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।