सिङ्लामा भलिवल प्रतियोगीता
सिङ्लामा भलिवल प्रतियोगीता
मेलामा निशुल्क प्याराग्लाइडिङको व्यवस्था पनि गरिएको छ ।
गोरखाः धार्चे गाउपालिका–५ सिङ्लामा खुल्ला भलिवल प्रतियोगीता भएको छ ।
रेसे मेलाको अवसर पारेर पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको मेला संयोजक राज गुरुङले जानकारी दिएको छ ।
प्रतियोगितामा पहिलो हुने टिमले ५० हजार नगदको साथमा मेडल, ट्रफी र प्रमाणपत्र पुरस्कार पाउने आयोजकले जनाएको छ । त्यस्तै दोस्रो हुने टिमले ३० हजार नगद साथमा मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नछ । तोस्रो हुने टिमले २० हजार नगद साथमा मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने उनले बताए ।
सिङ्लामा बुधबारबाट सुरु भएको रेसे मेला–२०८० मा निशुल्क प्याराग्लाइडिङको व्यवस्था पनि गरिएको छ । प्याराग्लाइडिङका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको मेला संयोजक गुरुङले जानकारी दिए ।
गाउँपालिकामा आन्तरीक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले प्याराग्लाइडिङका लागि ४ लाख बजेट विनियोजन भएको थियो । ४ वटा डबल र ३ वटा सिङ्गल प्याराग्लाइडिङ रहेको गुरुङले जानकारी दिए ।
सिङ्ला गाँउको थमन सिंह पार्कमा निमार्ण गरिएको चेक अफ पोइन्टबाट प्याराग्लाइडिङ उडान हुने र गुम्दा, लाप्राक, लप्सिवोट हुदै रेसे फाँटमा अवतरण हुने बताइएको छ ।
पोखराको स्काइ राइडर प्याराग्लाइडिङ प्रा.लि का आठ जनाको टोलीले प्याराग्लाइडिङ उडान गराउने छन् । मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति पनि रहने छ । माघे सक्रान्तिको अवसरमा मेलाको आयोजना गरिएको हो ।