कृषि सामाग्री वितरण
कृषि सामाग्री वितरण
गोरखाः कृषि तथा पशुपालन प्रोत्साहन कार्यक्रम अन्तरगत गोरखा नगरपालिका–२ का किसानलाई कृषि सामाग्री वितरण गरिएको छ ।
सात जनालाई हाते ट्याक्टर, तिन जनालाई टनेल र पाइप वितरण गरिएको वडा नम्वर २ का अध्यक्ष रहमतुल्ला मियाँले जानकारी दिए ।
आर्थिक वर्ष २०७९÷८० को कार्यक्रम अन्तरगत कृषि सामाग्री वितरण गरिएको हो । वडामा सोहि कार्यक्रम अन्तरगत अनुदानमा १२ वटा गाइ वितरणको योजना पनि रहेको छ ।