बैकिङ कसुर मुद्धामा फरार रहेका एक जना पक्राउ
बैकिङ कसुर मुद्धामा फरार रहेका एक जना पक्राउ
गोरखा ः वैकिङ कसुर मुद्धामा ३ दिन कैद र दुइ लाख ५० हजार जरिवाना तोकिइ फरार रहेका गोरखा नगरपालिका–१ का ५२ वर्षिय राम कुमार भट्टलाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार पक्राउ परेका भट्टलाई कैद र जरिवाना असुल उपरका लागि गोरखा जिल्ला अदालत पठाइएको छ । जिल्ला अदालतको आदेशले आइतबार नै भट्टलाई कैद असुल उपरका लागि कारगार कार्यालय पठाएको छ ।
त्यस्तै वैकिङ्क कसुर शिर्षकमा ३ वटा मुद्धामा प्रत्येकमा ३ हजार जरिवाना गरी नौ हजार जरिवाना तोकिएका पालुङटार नगरपालिका(१ का ३५ वर्षिय गोविन्द वावु अधिकारीलाई समेत जरिवाना असुल उपरका लािग गोरखा अदालत पठाइएको छ ।
जरिवाना पनि असुल उपर भएको प्रहरीले जनाएको छ । जिल्ला अदालत गोरखाबाट कैद र जरिवाना तोकिइ फरार रहेका अभियुत्त पक्राउ गर्नका लागि फैसला कार्यन्वलयन विशेष टोली परिचालन गरेको छ ।