आज पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना
आज पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना
सुरुवात ः बुधवार आज देशभरका पहाडी भेगमा हल्का पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका कारण कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशसहित पहाडी भेगका केही ठाउँमा हल्का पानी पर्न सक्ने सम्भावना छ ।
यस अघि अघिल्लो हप्ता दुई पटक पश्चिमी क्षेत्रसँगै पहाडी भेगका केही ठाउँमा हल्का पानी परेको थियो । तर देशका सबै ठाउँमा राम्रोसँग हिउँदे वर्षा हुन सकेको छैन ।
यसपालिको हिउँदमा पर्याप्त वर्षा नहुँदा बालीनालीमा सुक्खापन बढेको छ । अझै केही समय देशभर ठूलो पानी पर्न सक्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ ।