गोरखा क्याम्पसमा आवद्ध ब्याक्तिले संगम मेडिहेल्थमा २० प्रतिशत छुट पाउन
गोरखा क्याम्पसमा आवद्ध ब्याक्तिले संगम मेडिहेल्थमा २० प्रतिशत छुट पाउन
गोरखा ः गोरखा क्याम्पसका विद्यार्थी, शिक्षक तथा कर्मचारीले संगम मेडिहेल्थ क्लिनिकबाट प्रदान गरिने सम्पुर्ण चेकजाँचमा २० प्रतिशत छुट पाउने भएका छन् ।
स्वतन्त्र विद्यार्थी युुनियन र संगम मेडिहेल्थ क्लिनिक विच विहिबार भएको सम्झौता अनुसार सहुलियत स्वास्थ्य कार्डको आधारमा सेवा उपलब्ध गराइने छ ।
विद्यार्थी, शिक्षक तथा कर्मचारीको परिवारलाई समेत छुटको ब्यवस्था गरिएको सम्झौता पत्रमा उल्लेख छ ।
स्वतन्त्र विद्यार्थी युनियनका निर्वाचित पदाधिकारी तथा सदस्यहरुले भने स्ववियु परिचयपत्र देखाई स्वास्थ्य सेवा लिन सक्ने छन् ।
आधिकारीक हस्ताक्षर र संस्थाको छाप भएको सहुलियत स्वास्थ्य कार्डका आधारमा सेवा दिइने पनि सम्झौता पत्रमा उल्लेख छ ।