क्याम्पस संचालक समितिका अध्यक्षको राजिनामा माग
क्याम्पस संचालक समितिका अध्यक्षको राजिनामा माग
गोरखा ः विद्यार्थीको माग प्रति संवेदनशिल नभएको भन्दै द्रब्यशाह वहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष सितल काजी मास्केको राजिनामा माग गरेको छ ।
मंगलबार नेपाल विद्यार्थी संघ र स्वतन्त्र विद्यार्थी युनियनले छुट्टा÷छुट्टै विज्ञप्ती प्रकाशित गर्दै संचालक समिति अध्यक्ष मास्केको २४ घण्टा भित्र राजनामा माग गरेका हुन् ।
क्याम्पसका भएको आर्थिक अनियमितता उपर छानविन नभएको तथा लेखा प्रमुखकको राजिनामा नआएसम्म तालावन्दी यथावत रहने पनि विज्ञप्तीमा उल्लेख छ ।
विद्यार्थी संघ संगठनको उचित मागहरुलाई सम्वोधन र समाधान गर्नुको साटो विद्यार्थीहरुको अहित चाहने केहि प्रध्यापकहरुले घटनालाई नकरात्मक रुपमा ब्याख्या गरी अनिरन्जित ढंगले नजर अन्दाज गरेको पाईएको भन्दै विज्ञेप्ती मार्फत असन्तुष्टि जनाइएको छ ।
द्रब्यशाह वहुमुखी क्याम्पसमा विद्यार्थी÷संघ संगठनले १४ दिन देखि तालावन्दी गरेका छन् । त्यस्तै क्याम्पसमा देखिएको आर्थिक अनियमितता उपर जतिसक्दो चाडो छानविनको माग पनि गरिएको छ । यस अघि विद्यार्थी संघ संगठनले क्याम्पस प्रमुखले पनि राजिनामा दिनुपर्ने माग राखेका थिए ।