थालाजुङमा पशु स्वास्थ्य शिविर
थालाजुङमा पशु स्वास्थ्य शिविर
गोरखा ः सिरानचोक गाउँपालिका–२ स्थित थालाजुङमा पशु स्वास्थ्य शिविर भएको छ ।
शिविरबाट १६ सय वढी पशुहरुकालागि औषधि वितरण भएको थियो । औषधि वितरण सँगै गोवर परिक्षण, पशुको माइनर शल्यक्रिया लगायतको सेवा उपलब्ध भएको सिरानचोक गाउँपालिकाका पशु सेवा प्राविधिक युवराज न्यौपानेले जानकारी दिए ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट खटिएका टोलीले शिविरमा पशु स्वास्थ्य समस्या तथा पशुमा देखिएका रोगको रोकथामको उपाय वारे कृषकलाई जानकारी गराइएका थिए ।
शिविरबाट १ सय १५ जना किसान लाभान्वीत भएका छन् । कार्यक्रममा केन्द्रकी प्रमुख शर्मिला कुमाल लगायतका पशु प्राविधिकहरुको सहभागीता रहेको थियो ।