आगोलागीले एक घरमा क्षति
आगोलागीले एक घरमा क्षति
गोरखा ः अजिरकोट गाउँपालिका–१ धनसिराका सुक वहादुर गुरुङको घर आगोलागीले पुर्ण क्षति पुगेको छ ।
भूकम्प पछि वनेको दुइ कोठे घर आगोलागीले पुर्ण रुपमा क्षति पुगेको हो । मंगलबार दिउँसो करिव साडे १ वजे एक्कासी घरमा आगोलागी भएपछि स्थानीयले एक घण्टा लगाएर आगो नियन्त्रणमा लिएका थिए । आगोलागीबाट घर भित्र रहेको सुन, लक्ताकपडा, अन्न, भाडाकुडा जलेर नष्ट भएका छन् । आगोलागीबाट १० लाख भन्दा वढीको क्षति भएको अनुमान गरिएको वडा अध्यक्ष मनोज गुरुङले जानकारी दिए । घरमा आगोलागीले क्षति पुगेपछि सुकवहादुर परियार छिमेकीको घरमा वसेका छन् ।