२० योजनाका लागि तिन अर्व ६० करोड बजेट ब्यवस्थापनको माग
२० योजनाका लागि तिन अर्व ६० करोड बजेट ब्यवस्थापनको माग
गोरखा ः गोरखा नगरपालिका प्रमुख कृष्ण राना सहितको जनप्रतिनिधिले प्रधानमन्त्री पुष्पमकमल दाहाल सँग विभिन्न विकास योजनाका वारेमा छलफल गरेका छन् ।
वुधबार प्रधानमन्त्री दाहाल समक्ष जनप्रतिनिधिले विभिन्न २० योजनाका लागि तिन अर्व ६० करोड रुपैया वजेट ब्यवस्थापनको पनि माग राखेका हुन् । विशेष महत्वका ६ वटा योजनाका लागि अनुमानीत दुइ अर्व रुपैयाको वजेट सहितको योजना प्रधानमन्त्री समक्ष पेश गरिएको छ ।
एकिकरण देखि शान्ति प्रक्रिया सम्म जोड्ने खालका ऐतिहासिक संग्रहालय सहितको पार्क निर्मणका लागि २० करोड, छेवेटार वहुउदेश्यीय ताल निर्माणका लागि ५० करोड, बसपार्क देखि खोलखोले सम्म अत्याधुनिक फुटपाथ निर्माणका लागि २० करोड, बेनिखोला मत्स्य पर्यटन केन्द्र निर्माणका लागि १० करोड, ठुलोआगन क्षेत्रमा ऐतिहासिक सम्पदा वस्ती निर्माणका लागि ५० करोड र शिखर वेसी ताल निर्माणका लागि ५० करोड वजेट सहितको योजना प्रधानमन्त्री समक्ष पेश गरिएको हो ।
‘गोरखा नगरपालिका एक ऐतिहासिक महत्व वोकेको नगरपालिका हो, नगर क्षेत्र भित्र गर्नुपर्ने विकासको काम निकै धेरै छन्,’ माग पत्रमा भनिएको छ,‘स्थानीय तहमा भएका समिति साधन र स्रोतबाट पालिकाको विकास गर्न निकै मुस्कील छ, तसर्थ बिभिन्न योजनामा वजेट विनियोजनको लागि अनुराध गर्दछौ ।’
त्यस्तै रबर उद्योग यान्कोट हुदै गोप्लिंग जाने मस्र्याङ्दी करिडोर कालोपत्रे, पालुङटार नगरपालिका–१० को बिर्दीबाट गोरखा नगरपालिका–१२ स्थित दश किलो हुदै शहिद लखन मनकामना जाने सडक कालोपत्रे र नयाबजार गोरखा क्याम्पस हुदै छेपेटार जाने सडक कालोपत्रेका लािग २०÷२० करोड रुपैया माग गरिएको छ ।
चुच्चेढुंगा–गोरखा क्याम्पस–छेपेटार सडक कालोपत्रे र गोरखा क्याम्पस नाङलेपानी जोगीआहाल हुदै डेरागाउँ सडक कालोपत्रेका लागि १५÷१५ करोड माग गरिएको छ । त्यस्तै कोखे–आहालेबाट निबेल जाने सडक कालोपत्रे, पैरेनी खोला बर भन्ज्यांग सडक कालोपत्रे, देउरालीबाट घलांग हुदै बेनिखोला सडक कालोपत्रे र अजिंगरेबाट पाटाचोक, सिमलाथुम्की हुदै भ्यागुते एक्लेचौतारा जाने सडक कालोपत्रेका लागि १०÷१० करोड, विरेन्चोक–बर्थोक–बडहरे हुदै स्याउली जाने सडक स्तरोउन्नतीका लागि ८ करोड, गोरखा नगरपालिका गेटबाट क्लव भवन हुदै १३ किलो जाने सडक कालोपत्रेका लागि ७ करोड, आहाले आमडाडा हुदै लुदिखोला जाने सडक कालोपत्रे, गरापानी पुतली बगैचा सडक कालोपत्रे र बिष्णु पहरा समीडाडा हुदै कोखे आहाले जाने सडक स्तरोउन्नतीका लागि ५÷५ करोड बजेट माग गरिएको छ ।
गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना, उपप्रमुख मसली मायाँ थोकर सहितका जनप्रतिनिधिको टोली प्रधानमन्त्रीलाई भेट्न काठमाडौ पुगेका थिए ।