युएसएआइडी र एफएओ मिसनको टोलीले गोरखाको बारपाक सुलिकोट गाउँपालिका स्थित पहिरो जोखिम न्यूनीकरण परियोजना स्थलको अवलोकन

युएसएआइडी र एफएओ मिसनको टोलीले गोरखाको बारपाक सुलिकोट गाउँपालिका स्थित पहिरो जोखिम न्यूनीकरण परियोजना स्थलको अवलोकन


शुक्रबार, चैत्र १६, २०८०


युएसएआइडी र एफएओ मिसनको टोलीले गोरखाको बारपाक सुलिकोट गाउँपालिका स्थित पहिरो जोखिम न्यूनीकरण परियोजना स्थलको अवलोकन

संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी)÷मानवीय सहायता ब्यूरो (बीएचए) र संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) नेपालको संयुक्त मिसन टोलीले हालै गोरखा जिल्लाको बारपाक सुलिकोट गाउँपालिकाको भ्रमण गरेको छ ।

“भूकम्प प्रभावित क्षेत्रमा समुदायमा आधारित पहिरो जोखिम न्यूनीकरण मार्फत जोखिममा रहेका जनताको जीविकोपार्जन सुदृढीकरण” परियोजना अन्तर्गत टोलीले २०८० चैत १२ देखि १४ गतेसम्म बारपाक सुलिकोट गाउँपालिकाको भ्रमण गरेको थियो । टोलीमा युएसएआइडीका मानवीय सहायता अधिकृत तथा सम्झौता अधिकृतका प्रतिनिधि म्याथ्यू प्रिबिस र दुवै संस्थाका विशेषज्ञ तथा सहयोगीहरु रहेका थिए ।



टोलीको प्राथमिक उद्देश्यमा परियोजनाका गतिविधिहरू प्रत्यक्ष अवलोकन गर्नु, सरोकारवालाहरूसँग अन्तरक्रिया गर्नु र समुदायमा पहिरो संरक्षण प्रयासको प्रभावबारे छलफल गर्नु रहेको थियो । भ्रमण टोलीले पहिलो दिन बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष तथा विपद् सम्पर्क अधिकारी, भू तथा जलाधार व्यवस्थापन अधिकृत लगायतका सरोकारवालासँग छलफल गरी परियोजनाको प्रगति समीक्षा गरेको थियो ।

कार्यक्रममा एफएओ नेपालका विपद् जोखिम तथा न्यूनीकरण विज्ञ लीलाजङ्ग गुरुङले परियोजनाका उपलब्धि प्रस्तुत गरेका थिए । गुरुङका अनुसार यस परियोजनाकाले पहिरोको जोखिम मूल्याङ्कन गर्न, पूर्व सूचना प्रणाली स्थापना गर्न, प्राथमिकता प्राप्त पहिरोलाई स्थिर गर्न, जीविकोपार्जनमा विविधता ल्याउन र समुदायको उत्थानशीलता बढाउन मद्दत गरेको छ । पहिरो जोखिम पूर्वतयारी तथा न्यूनीकरणका उपाय, जीविकोपार्जन सुधार, स्थानीय सरकार र समुदायको क्षमता अभिवृद्धि र करिब १६ हेक्टर खेतीयोग्य जमिनको जीर्णोद्धारबाट करिब ३४१ घरधुरी लाभान्वित भएका छन् ।

बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले २०७२ सालको भूकम्प र त्यसपछिका घटनाले निम्त्याएको पहिरोको जोखिम न्यूनीकरणका लागि परियोजनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए साथै उनले कम लागतको इन्जिनियरिङ र बायोइन्जिनियरिङ उपायहरू, साथै पहिरो पूर्व चेतावनी प्रणाली जस्ता उन्नत प्रविधिहरूको उपयोग सहित पहिरोको जोखिम न्यूनीकरणका प्रयासहरूको प्रशंसा गरे ।

गाउँपालिकाका विपद् सम्पर्क अधिकारी भीमकुमार श्रेष्ठले विपद् जोखिम न्यूनीकरणलाई संस्थागत गर्न र योजनागत रुपमा कार्यन्वयन गर्न परियोजनाले खेलेको भूमिकाबारे प्रकाश पारे । भू तथा जलाधार व्यवस्थापन अधिकृत चन्द्र सेढाईंले पहिरोको जोखिम न्यूनीकरणमा साझेदारीको सफलतामा खुशी व्यक्त गरे । कार्यक्रममा एफएओ नेपालका कार्यक्रम सञ्चालन विज्ञ अर्जुन थापाले परियोजनाको स्थानीयकरणमा गाउँपालिकाले खेलेको महत्वपूर्ण भूमिकाको लागि गाउँपालिका अध्यक्षप्रति आभार व्यक्त गरे साथै सहयोग र निरन्तर मार्गदर्शनका लागि युएसएआइडीको पनि प्रशंसा गरे ।

बैठकपछि टोलीले तीनखण्डे, खारुङ र स्याप्राङ पहिरो स्थलको भ्रमण गरी समुदायसँग अन्तक्र्रिया गरी परियोजनाको प्रभावबारे प्रतिक्रिया लिएको थियो । अधिकांश समुदायले परियोजनाको पहलका कारण पहिरोको जोखिमबाट बढी सुरक्षित महसुस गरेका थिए । यूएसएआईडीका प्रतिनिधिहरूले परियोजनाको कार्यान्वयनको प्रशंसा गरे । कार्यक्रमको दिगोपनमा जोड दिदै यस परियोजनाको सफलताहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा प्रचार प्रसार गर्न सुझाका थिए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda