भलिवलमा १६ खेल सम्पन्न
भलिवलमा १६ खेल सम्पन्न
गोरखाः गोरखा जिल्ला अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता को दोस्रो दिन वुधबार पुरुष तर्फ ९ र महिला तर्फ ७ खेल सम्पन्न भएको छ ।
गोरखा नगरपालिका–६ स्थित हरमटारी खेल मैदानमा जारी प्रतियोगीतामा पुरुष तर्फ समुह ‘ए’ मा रहेको शहिद लखन गाउँपालिका १२ र अजिरकोट गाउँपालिकाले ९ अंक प्राप्त गरि सोमिफाइनलमा पुगेका छन् भने समुह ‘वि’ मा रहेका भिमसेन थापा गाउँपालिका १० र बारपाक सुलिकोट गाउँपालिका ९ अंकका साथ सेमिफाइनलमा पुगेका छन् । त्यस्तै महिला तर्फ समुह ‘ए’ को शहिद लखन गाउँपालिका ८ र भिमसेन थापा गाउँपालिका ६ अंकले विजय बन्दै सेमिफाइनलमा पुगेका छन् ।
समुह ‘वि’ अन्तरगत रहेको बारपाक सुलिकोट गाउँपालिका ९ र पालुङटार नगरपालिका ६ ले विजय बन्दै सेमिफाइनलमा पुगेका छन् । प्रतियोगिता लिगकम नकआउट प्रणालिमा खेलाइएको छ । प्रतियोगितामा सहभागी हुने पालिकाबाट पुरुष र महिला टिममा १०÷१० जना खेलाडी छन । प्रतियोगितालाई बेस्ट अफ ३ मा भएको छ । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुने टिमले क्रमस ७० हजार, ४० हजार, २५ हजार र १५ हजार नगदको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।