सारङ्गी बनाउने तालिम सम्पन्न
सारङ्गी बनाउने तालिम सम्पन्न
गोरखाः गोरखा नगरपालिका–७ मा सारङ्गी बनाउने र बजाउने तालिम सम्पन्न भएको छ ।
मनिराम गाइने स्मृति प्रतिष्ठान द्धारा सारङ्गी बनाउने र बजाउने तालिम सम्पन्न भएको गोरखा नगरपालिका–७ का वडाध्यक्ष विष्णु प्रसाद श्रेष्ठ जानकारी दिए । उत्त तालिमका लागी आर्थिक वर्ष २०८०÷०८१ को नगरस्तरीय योजनाबाट ५ लाख बजेट विनियोज भएको थियो । तालिममा १८ जनाको सहभागिता रहेको थियो ।
सारङ्गीको राग लागयतको वारेमा तालिममा सहजिकरण गरिएको थियो । मनिराम गाइने स्मृति प्रतिष्ठानका अध्यक्ष मङ्गल बहादुर गन्धर्वको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण बहादुर राना, वडा नम्वर ७ का वडाध्यक्ष विष्णु प्रसाद श्रेष्ठ, वडा नम्वर ५ का कार्यबाहक अध्यक्ष हरीराम पोखरेलले लगायतले मन्तव्य राखेका थिए ।