पुर्ण खोप घोषणा तथा दिगोपना शुनिश्चितता
पुर्ण खोप घोषणा तथा दिगोपना शुनिश्चितता
गोरखा ः शहिद लखन गाउँपालिका–७ वुकोट स्वास्थ्य चौकिमा पुर्णखोप वडा घोषणा तथा दिगोपना शुनिश्चितता कार्यक्रम सम्पन्न भएको छ ।
१६ महिना देखि ५९ महिना सम्मका तथा १५ महिना उमेर भित्रका बालवालिकालाई पुर्ण खोप पाएको शुनिश्चितता सँगै पुर्ण खोप घोषणा गरिएको हो । वुकोट स्वास्थ्य चौकिमा भएको कार्यक्रममा वडा अध्यक्ष शरण श्रेष्ठ, जनप्रतिनिधि, टोल सुधार समितिका प्रमुख तथा प्रतिनिधि, जिल्ला स्वास्थ्य कार्यालयका नानीवावु दानी लगायतको सहभागीता रहेको थियो । माघ देखि चैत सम्म प्रत्येक वडामा पुर्ण खोप शुनश्चितता भए÷नभएको अनुगमन गरिएको शहिद लखन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विरेन्द्र श्रेष्ठले बताए । त्यस्तै शहिद लखन गाउँपालिकाको विभिन्न वडाहरुमा स्त्री रोग तथा पाठेघारको क्यान्सर सम्वन्धि निशुल्क स्वास्थ्य शिविर पनि भइरहेको छ ।