गोरखा मनकामना यातायात सेवा प्रालिको अध्यक्षमा लामिछाने
गोरखा मनकामना यातायात सेवा प्रालिको अध्यक्षमा लामिछाने
गोरखा ः गोरखा मनकामना यातायात सेवा प्रालिको अध्यक्षमा सुरेन लामिछाने निर्वाचित भएका छन् । शनिबार भएको छैठौ बार्षिक साधारण सभा तथा तेस्रो अधिबेशनबाट ५६ मतका साथ लामिछाने निर्वाचित बनेका हुन् ।
उनका प्रतिद्धन्दि तारा बहादुर खड्काले भने ४५ मत ल्यायर पराजित बनेका छन् । अन्य पदमा सर्वसम्मत भए पनि अध्यक्ष पदका लागि भने निर्वाचन भएको थियो । मतदानमा भने १ सय ४ मद खसेको थियो ।
अधिबेशनबाट उपाध्यक्षमा सुमन कार्कि, महासचिवमा देवेन्द्र जंग कुवर, कोषाध्यक्षा अर्जुन पाण्डे, सदस्यहरुमा सुवास थापा मगर, हरि गैरे, शंकर रिमाल, सन्तोष रोका निर्विरोद त्यस्तै क्षेत्रियमा सयोजकमा रामचन्द्र थापा, सत्यराम थापा, कुमार सिर्मल र आकाश गुरुङ निवाचित बनेका छन्