प्रदेश स्तरीय महिला कवड्डी प्रतियोगिताको उपाधी कास्कीलाई
प्रदेश स्तरीय महिला कवड्डी प्रतियोगिताको उपाधी कास्कीलाई
गोरखा ः पालुङटार नगरपालिका–२ स्थित लिगलिकोटमा भएको प्रदेश स्तरीय महिला कवड्डी प्रतियोगितमा कास्की जिल्ला पहिलो बनेको छ ।
मंगलबार भएको फाइनल खेलमा बाग्लुङ जिल्लालाई हराउदै कास्की जिल्ला पहिलो बनेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्तसिं वस्नेतले जानकारी दिए । पहिलो बनेको कास्की जिल्लाले ७५ हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै दोस्रो बनेका बाग्लुङ जिल्लाले भने ५० हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । सेमिफाइल खेल्ने दुइ टिम तनहुँ र म्याग्दीले भने ३० हजार नगद, टूफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका वस्नेतले बताए । प्रतियोगीतामा प्रदेशका १० जिल्लाका खेलाडीको सहभागीता रहेको वस्नेतले बताए ।