आगामी आर्थिक वर्ष संघीय कोषबाट पाउने रकम वाडफाँड
आगामी आर्थिक वर्ष संघीय कोषबाट पाउने रकम वाडफाँड
गोरखा ः अन्तर सरकारी वित्तिय हस्तान्तरण अनुदान अन्तरगत संघीय कोषबाट पाउने वजेट बाडफाड भएको छ ।
आर्थिक वर्ष २०८१÷०८२ मा गोरखा नगरपालिकाले ६२ करोड १२ लाख प्राप्त गर्ने भएको छ । पालुङटार नगरपालिकाले ५९ करोड ८६ लाख, अजिरकोट गाउँपालिकाले ३० करोड १९ लाख, आरुघाट गाउँपालिकाले ४२ करोड २ लाख रकम पाउने छ ।
त्यस्तै गण्डकी गाउपालिकाले ४५ करोड २९ लाख, चुमनुव्री गाउपालिकाले १९ करोड ८२ लाख, धार्चे गाउपालिकाले २९ करोड ९९ लाख, भिमसेन थापा गाउपालिकाले ४० करोड ५६ लाख, शहिद लखन गाउपालिकाले ४१ करोड ९४ लाख, सिरानचोक गाउपालिकाले ४६ करोड ७३ लाख र बारपाक सुलिकोट गाउपालिकाले ४२ करोड ४४ लाख प्राप्त गरेका छन् ।
संघीय संसदमा प्रस्तुत बजेटले स्थानीय तहलाई वित्तीय समानीकरण शसर्त अनुदानस्वरुप उक्त रकम हस्तान्तरण गर्ने भएको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सिफारिस गरेको सूत्र अनुसार प्रदेश र स्थानीय तहलाई विभिन्न ४ शीर्षकमा अर्थ मन्त्रालयले रकम बाँडफाँड गरेको छ । सो अन्तर्गत वित्तीय समानीकरण, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान रहेको छन् ।