शहिद लखनमा बाली उपचार शिविर
शहिद लखनमा बाली उपचार शिविर
गोेरखा ःशहिद लखन गाउँपालिकामा बाली उपचार शिविर भएको छ ।
कृषि ज्ञान केन्द्रको आयोजना तथा शहिद लखन गाउँपालिकाको समन्वयमा शहिद लखन गाउँपालिका–१ वक्राङमा शिविर भएको हो । शिविरमा कृषकहरुको वाली नालीमा भएको समस्याको नमूना चेकजाँच गरि व्यवस्थापनका उपायबारे सुझाइएको कृषि शाखाका नविन अधिकारीले बताए । कृषि ज्ञान केन्द्रले निशुल्क विषाधि पनि वितरण गरेको थियो । शिविरमा २७ जना कृषकहरुले सेवा लिएका छन् । बालिमा समस्या देखिएका एक सय वटा नमुना लिएर चेकजाँच भएको थियो । मकै बाली अमेरिकन फौजी कीरा र मकैको गबारोमा समस्या देखिएको उनले बताए । त्यस्तै लहरे बालीमा लाही कीरा र रातो खपटे कीरा, काँक्रो, लौका, घिरौला, करेलाः फल कुहाउने झिँगा, केराको घुन, गोलभेडामा टुटा कीराको समस्या देखिएको थियो । कागतिमा पात खन्ने कीरा, सिटूस क्यान्कर, कत्ले कीरा, भण्टाको फल तथा डाँठको गबारो, खुर्सानी लाही कीरा, थ्रिप्स कीरा, अनारको पुतली,आँप फल खस्ने समस्या देखिएको अधिकारीले बताए । ८८ वालीमा उपचार शिविरको सिफारिसका आधारमा आकस्मिक वाली संरक्षण कार्यक्रम मार्फत विषादी वितरण गरिएको उनले बताए । शहिद लखन गाउँपालिका(१ मा पहिलो पटक शिविर गरिएको उनले बताए ।