कृषकलाई धान रोपाँईको चटारो
कृषकलाई धान रोपाँईको चटारो
गोरखा ः मध्ये असारमा किसानलाई धान रोपाइको चटारो शुरु भएको छ । किसान यतिखेर आली ताछ्ने, विउ काड्ने तथा रोपाइँका लागि खेतमै ब्यस्त छन् ।
गोरखा नगरपालिका र कृषि ज्ञान केन्द्रको संयुत्त आयोजनामा शनिबार गोरखा नगरपालिका–१० छेवेटार स्थित वरवरे चौरमा धान दिवस मनाइएको छ । अन्य पालिकाले पनि विविध कार्यक्रम गरि धान दिवस मनाइएका छन् । यस वर्ष बर्खे धान खेती हुने मध्ये ५ प्रतिशत क्षेत्रफलमा असार १५ सम्म रोपाई सकिएको कृषि ज्ञान केन्द्रकी प्रमुख मिरा चौधरीले जानकारी दिइन । समयमै प्रयाप्त पानी नपर्दा र चैते धान थन्काउन बाकि रहेकाले केहि ढिलाई भएको ज्ञान केन्द्रले जनाएको छ । जिल्लाका किसानले राम धान, सावित्री धान, हाइब्रिड लगायतका धान लगाउने गरेका छन् । गोरखा जिल्लामा १० हजार एक सय ४० हेक्टरमा धान रोपाई हुदै आएको छन् ।
शनिबार असार १५ धान दिवसको दिन गोरखा नगरपालिका लगायतका पालिकाहरुले विविध कार्यक्रम गरि दिवस मनाइएका छन् । छेवेटारमा भएको कार्यक्रममा गोरखा नगरपालिका नगर प्रमुख कृष्ण बहादुर रानाले धान रोपेर कार्यक्रमको उद्धघान गरेका थिए । ११ पालिका रहेको जिल्लाका चुमनुव्री गाउँपालिका वाहेकका अन्य क्षेत्रका धान रोपाईँ शुरु भएको हो ।