जन्मघर खोज्दै कार्की
जन्मघर खोज्दै कार्की
गोरखा ः जन्मघर र परिवार खोज्दै गणेश कार्की भारतबाट गोरखा आइपुगेका छन् ।
साउन ६ गते जिल्ला प्रहरी कार्यालयको सम्पर्कमा आएका कार्कीले सानै उमेरमा भारत गएकाले आफ्नो जन्मघरबारे अलमलमा परेको प्रहरी सँग बताएका छन् । उनले ठेगाना गोरखा मात्र बताएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिए । बावुको नामथर गणेश कार्की, आमाको नामथर लक्ष्मी कार्की, बाजेको नामथर गोपाल कार्की बताउने गरेको जिल्ला प्रहरी कार्यालयको सुचनामा उल्लेख छ । १८ बर्षिय कार्की जन्मघर खोज्दै आएपछि खोजतलास थालिएको प्रहरीे जनाएको छ । ‘उहाँ सानैमा सानीआमाको साथमा भारत जानुभएको रहेछ, केहि दिन अघि भारतबाट फर्किएर चोरकाटे पुग्नुभएको रहेछ, प्रहरीको सम्पर्कमा पनि आउनुभयो,’ उनले भने,‘उहाँले ठेगाना गोरखा बताएपनि अन्य कुरा थाहा नभएको भन्नुहुन्छ ।’ प्रहरीले सामाजिक सञ्जाल फेसवुक मार्फत पनि उनको ठेगाना पहिचानका लागि आह्वान गरेको छ ।