गुम्दामा आलु मेला हुने
गुम्दामा आलु मेला हुने
गोरखा ः धार्चे गाउँपालिका–५ गुम्दामा आलु मेला २०८१ हुने भएको छ । ‘कला सस्कृती खेलकुदमा आफ्नो सान, समाज उत्थानमा हाम्रो अभियान’ भन्ने मुल नाराका साथ गुम्दा एकता यूवा क्लव र थामरा धार्चे यूवा क्लवको आयोजना मेला हुन लागेको हो । भदै १ गते देखि ५ गते सम्म मेला हुने आयोजकले जनाएको छ ।
आलु प्रर्दशन, आलुको अचार, आलुको चिप्स, लगायत आलुका परिकारको प्रर्दशनी तथा ब्रिकीका लागि राखिने छ । मेलाको अवसरमा अन्तर महिला तथा पुरुष भलिबल प्रतियोगिताको साथमा आलु खाने प्रतियोगिता पनि हुने छ आयोजकले जनाएको छ । प्रतियोगितामा भाग लिनका लागि पुरुष तर्फ ७ हजार र महिला तर्फ भने २ हजार ५ सय दर्ता शुल्क लाग्ने आयोजकले बताए । पुरुष तर्फ भलिबल प्रतियोगितामा पहिलो हुने टिमलाई ७० हजार नगदको साथमा मेडल, ट्रफी, प्रमाणपत्र र आलु प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै दोस्रो र तेस्रो हुने टिमलाई क्रमश ४५ हजार र ३० हजार नगदको साथमा मेडल, ट्रफी, प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै महिला तर्फ भने पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश २० हजार, १५ हजार र १० हजार नगदको साथमा मेडल, टूफी, प्रमाणपत्र र आलु प्राप्त गर्ने आयोजकले बताए । मेलामा आलु खाने प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश ५ पाथि आलु, ३ पाथि आलु र १ पाथि आलुको साथमा प्रमाणपत्र प्रदान गरिने आयोजकले बताएको छ । अन्य प्रतियोगिताहरु लोक नृत्य प्रतियोगितामा पहिलो हुनेले ५ हजार, दोस्रो हुनेले ३ हजार र तेस्रो हुनेले २ हजार नगदको साथमा मेडल, प्रमाणपत्र र आलु प्राप्त गर्ने छन् । स्थानीय स्तरमा उत्पादित आलुलाई प्रवद्र्धन तथा विक्रिका लागि मेलाले सघाउने अपेक्षा गरिएको छ । मेलामा आलु खरिदका लागि छिमेकी पालिकाबाट पनि स्थानीयहरु पुग्ने गर्छन् । आलु खेतीका लागि गुम्दा प्रख्यात छ । मेलाको १५ हजार भन्दा बढीले अबलोकन गर्ने आयोजकले बताएको छ ।