गाईजात्रा मेला सम्पन्न
गाईजात्रा मेला सम्पन्न
गोरखा ः चौथो गाइजात्रा रमाइलो मेला २०८१ सम्पन्न भएको छ ।
लियो क्लव अफ गोरखाको आयोजनामा अनाथ, असहाय, अपाङ्गता, निम्न वर्गका व्यक्तिहरुका सहयोगका लागि रमाइलो गाईजात्रा मेला सम्पन्न गरिएको हो । सोमबार लियो क्लव अफ गोरखाको आयोजना तथा लाइन्स क्लव अफ गोरखाको समन्वयमा रमाइलो मेला तथा विविध सास्कृतिक कार्यक्रम भएको क्लवका सचिव प्रविन उपरकोटिले बताए । गोरखा नगरपालिका–६ स्थित संग्रहालयमा भएको मेलामा राष्ट्रिय गायक कुलेन्द्र विश्वकर्मा, हरेराम परियार, रायान बसेल, गायिका सुमिना गुरुङ, हास्यकलाकार दिपक थापा तथा स्थानीय कलाकारको प्रस्तुति रहेको उपरकोटिले बताए । मेलामा ३ सय भन्दा वढीले अवलोकन गरेको उनले बताए । कार्यक्रममा ८ वटा विद्यालयका २÷२ जना विद्यार्थिहरुलाई शैक्षिक सामाग्री पनि वितरण गरिएको उनले बताए । मेलामा झाँकी प्रर्दशनी, लाखे नाच, धिमे बाजा, भेषभुषा प्रर्दशनी लगायतको कार्यक्रम भएको उनले बताए । संस्कृतिको जेगेर्ना गर्ने, आर्थिक स्थिती कमजोर भएका बालवालिकालाई सहयोग गर्ने जिल्लामा रहेको ऐतिहासिक धरोहरको प्रचार प्रसार गरि पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने, शिक्षा र स्वास्थ्य सँग सम्वन्धित कार्यक्रम गर्ने उदेश्य रहेको उनले बताए । लियो क्लव अफ गोरखाको अध्यक्ष मिलन उपरकोटिले अध्यक्षतामा भएको कार्यक्रमको गोरखा नगर प्रमुख कृष्ण राना मगरले उद्घाटन गरेका थिए ।