पर्व, संस्कृति संरक्षणको लागि ‘गोरखा फर्क’ अभियान
पर्व, संस्कृति संरक्षणको लागि ‘गोरखा फर्क’ अभियान
अभियान अन्तरगत फर्किएकाहरु सँग वुधबार गोरखा नगरपालिकाले अन्तरक्रिया कार्यक्रम गरेको थियो । अन्तरक्रियामा सहभागीले पर्यटन विकासमा जोड दिएका छन् ।
गोरखा ः विभिन्न पेशा ब्यवसायको सिलसिलामा जिल्ला वाहिर रहेकाहरुले यस वर्षको गाइजात्रा पर्व गोरखामा मनाए ।‘गोरखा फर्क’ अभियानको सुरुवातको वर्ष ५० भन्दा बढी आफ्नो थातथलो फर्किए ।
जनै पुर्णिमा, गाइजात्रा र रोपाइँजात्रा तिन दिन गोरखामा नै मनाउने गरि अभियान शुरु गरिएको हो । अभियान स्थानीयहरु विच भाइचारा र जन्मभुमि प्रति सम्मान गर्ने अवसरको रुपमा पनि लिइएको गोरखा फर्किएकाहरु बताउँछन् । अभियानको अगुवाई गितकार तथा साहित्यकार समेत रहेको गोरखा नगरपालिका–६ का राजुवावु श्रेष्ठले गरेका छन् । अहिले गोरखा सदरमुकाम केन्द्रित रहेर अभियान शुरु गरिएको उनले बताए । गत वर्षबाट कुराकानी गरेर यो वर्षबाट ‘गोरखा फर्क’ अभियानको शुरुवात गरेको उनले सुनाए । ‘यस बर्ष कोहि परिवार सहित, कोहि एक्लै पनि आउनुभएको छ,’ उनले भने, ‘गोरखा फर्किएकाहरुले जात्रा, पर्व मनाउने, आफन्त भेटघाट पुनर्मिलन गर्ने, आफ्नो भएका घर गृहस्थीको मर्मत सम्भार पनि गर्न सक्नुहुन्छ, सवैभदा ठुलो कुरो पुनर्मिलन नै हो ।’ यसरी गाउँ फर्कदा सम्पदा, सस्कृतिको संरक्षण हुने विश्वास लिइएको छ । ‘पहिले यति ठुलो जात्रा हुन्थ्यो,’ उनले भने,‘भावि पुस्तालाई देखाउन पनि जात्रा पर्व जोगाउनुपर्ने छ ।’ पुरानो सम्वन्ध खोज्दै आएपछि जन्मस्थानको वारे भलाई सोच्ने उनले बताए । ‘गाउँघर शुन्य भए, बजार शुन्य भयो, यहि ठुलो आगँनमा कुनै दिन होलसेल ब्यपार हुन्थ्यो, हिड्दा मान्छे ठोकिन्थे, अहिले ति मान्छे छैनन,’ उनले भने,‘गाउँ विर्सिएकालाई फर्काउने, दोस्रो फेजमा आफ्नो जन्मभुमिमा केहि भएपनि लगानी गरोस भन्ने उदेश्य राखेका छौँ ।’ अभियानलाई आगामी बर्ष पनि निरन्तरता दिने उनको भनाई छ । ‘गोरखा फर्क’ अभियानमा सहभागी बनेकाहरु सँग वुधबार गोरखा नगरपालिकाले अन्तरक्रिया पनि गरेको छ । गोरखा नगरपालिकाले यसवर्ष पर्यटन बर्ष मनाउन लागेको नगर प्रमुख कृष्ण रानाले बताए । पर्यटन गुरुयोजना पनि निर्माण को तयारीमा रहेको उनले बताए । यसका लागि सवैको सहयोग आवश्यक पर्ने उनले बताए । छलफल गोरखामा पर्यटन भित्राउने विषयमा केन्द्रित रहेको थियो । ‘गोरखा जिल्लाको इतिहास र धार्मिक दुइ पाटो छ, यसैलाई समातेर पर्यटन विकास गर्नुपर्छ,’ गोरखा नगरपालिका–६ का मोहन लाल श्रेष्ठले भने । गोरखा थातथलो रहेकाहरुले जिल्लाको पर्यटन विकासको वारेमा महिनामा कम्तिमा पनि एक दिन चिन्तन गर्न आग्रह गरे । पर्यटनको विकासका लागि सिमितता हुनेपर्ने कार्यक्रममा सहभागी उत्तम वावु श्रेष्ठले बताए । ‘१६ औँ सताब्दीमा बनेको गोरखा दरवार र १८१६ मा वनेको तल्लो दरवार पछि पर्यटनलाई दिन सक्न के चिज वनाऔँ,’ उनले भने,‘पर्यटन आउने भनेको हेर्ने, महसुस गर्ने अध्ययनका लागि हो, कुरा वढी भयो, तार्केट ग्रुप के छ त भनेर अघि बढ्नुपर्छ, धार्मिक, ऐतिहासिक विरासत छ, विभिन्न जातजातिको संग्रहालय बनाउन सकिन्छ की, रणनितिक हिसावले लगानी गरौँ ।’ गोरखाको इतिहास जिवन्त रहिरहने र भएकाले विद्यार्थीलाई लक्षित गरेर पर्यटन गतविधि संचालन गर्ने संभावना वारे पनि कार्यक्रमका सहभागीले सुझाव दिएका थिए । सदरमुकम क्षेत्रका घरहरु कलात्मक तवरले मर्मत गर्न सके पर्यटकलाई आकर्षित गर्न सकिने पनि कार्यक्रमका सहभागीले सुझाव दिए । ऐतिहासिक सम्पदाको पहिलो घर वनाउनेलाई नगरपालिकाले सहयोग गर्ने गोरखा नगरपालिकाकी उपप्रमुख मसली मायाँ थोकरले बताइन् । ‘ब्याक्तिगत स्वार्थ त्यागेर निस्वार्थ भावनाले लागौँ,’ उनले भनिन् । पर्यटनलाई विशिष्टीकरण गरेर अघि वढ्नुपर्ने जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर थापाले बताए । एकतावद्ध भएर पर्यटन विकासमा लाग्नुपर्ने उनले बताए ।