धावामा रुख ढल्दा घरमा पुर्ण क्षती
धावामा रुख ढल्दा घरमा पुर्ण क्षती
गोरखा ः भिमसेन थापा गाउँपालिका–४ धावा स्थित वालुवाटारमा पिपलको रुख ढल्दा एक घरमा क्षति भएको छ ।
स्थानीय नवराज लामिछानेको जस्ताले छाएको, जस्ताले वारेको एक तले कच्ची घर पुर्ण रुपमा क्षती पुगेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । घर भित्र झरेको रुखका हागाँ हटाइएको र लामिछानेका परिवारलाई त्रिपालको ब्यवस्था गरिएको जनाइएको छ । एक्कासी खसेको रुखको हागाँले रुखमा क्षति पुगेको हो । त्यस्तै सिरानचोक गाउँपालिका–४ खमारी गाउँमा चट्याङ लागेर स्थानीय दर्ज वहादुर भण्डारीको घरमा क्षति पुगेको छ । उनको घर भित्र रहेको मिटर वक्समा पनि क्षति पुगेको छ भने चट्याङको आवाजले विक्रम भण्डारी र चन्द्रकला भण्डारीको कानमा सामान्य समस्या आएको छ । त्यस्तै सिरानचोक–५ तल्लो चित्रे गाउँकी सिता वरामको घर भित्रको मिटर वक्समा पनि चट्याङले क्षति पु¥याएको छ । उत्त घरमा चट्याङ पर्दा पविना वरामको कानमा सामान्य समस्या देखिएको जनाइएको छ ।